कोरोना भाइरस : २ लाख ८६ हजारको मृत्यु, ४२ लाख ५० हजार संक्रमित « Khabarhub

कोरोना भाइरस : २ लाख ८६ हजारको मृत्यु, ४२ लाख ५० हजार संक्रमित


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८६ हजार ९८६ पुगेको छ ।

विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४२ लाख ५० हजार ८६२ जना संक्रमित छन् ।

संक्रमितमध्ये १५ लाख २५ हजार १९३ जना उपचारपछि घर फर्किएका छन् । २४ लाख ३८ हजार ६८३ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४६ हजार ९५६ जनाको अवस्था गम्भीर छ ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ५३ हजार ९२६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख ५३ हजार ९२६ पुगेको छ ।

उत्तर अमेरिकी मुलुकहरुमा ९१ हजार २११ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १५ लाख १७ हजार ८६८ पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २२ हजार ४५१ जनाको मृत्यु भएको छ । ६ लाख ८३ हजार ६३७ जना संक्रमित छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा १६ हजार ९१० जनाको मृत्यु भएको छ । ३ लाख १९ हजार २९७ जना संक्रमित छन् ।

अफ्रिकी मुलुकहरुमा २ हजार ३५५ जनाको ज्यान गएको छ भने ६७ हजार ७७८ जना संक्रमित छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ५४९ पुगेको छ ।

सबैभन्दा बढी कोरोनाको संक्रमण फैलिएको मुलुक अमेरिकामा ज्यान गुमाउनेको संख्या ८१ हजार ७२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७ हजार ४३ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १३ लाख ८४ हजार ६८१ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २ लाख ६० हजार ४०० जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १० लाख ४२ हजार ५५७ जनामध्ये १६ हजार ४८१ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ५ : ५० बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित