इन्टरनेट छैन, अफलाइनमा पनि यसरी हेर्न सकिन्छ यूट्यूबको भिडियो « Khabarhub

इन्टरनेट छैन, अफलाइनमा पनि यसरी हेर्न सकिन्छ यूट्यूबको भिडियो


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यूट्यूब भिडियो हेर्नका लागि इन्टरनेटको कनेक्सन भइराख्नै पर्ने बाध्यता हटेको छ ।

धेरै मानिसहरूले अनलाइनमा भिडियोहरू हेर्न यूट्यूब भिडियोको प्रयोग गर्ने गर्छन्, तर बफरिङले हैरान भएका धेरैजसो मानिसहरुमा युट्यूब भिडियो डाउनलोड गरेर हेर्ने आदत बसेको छ ।

तर यूट्यूवले केही समयदेखि दिएको भिडियो डाउनलोड गर्ने अप्सनले यूट्यूवमै  भिडियोहरू अफलाइन हेर्न सकिने भएको छ ।

कुनै पनि भिडियो अफलाइन डाउनलोड गर्न, सबैभन्दा पहिले प्रयोगकर्ताले भिडियोको तल भएको डाउनलोड अप्सनमा क्लिक गर्नुपर्छ ।

भिडियोको तल भागमा डाउनलोड लेखिएको स्थानमा क्लिक गरेपछि, तपाईंको नोटिफिकेसन बारमा भिडियो डाउनलोड गर्नको लागी एक सूचना देख्नुहुनेछ। जहाँ तपाईंले कति भिडियो डाउनलोड गरिएको छ भनेर सजिलैसँग हेर्न सक्नुहुन्छ।

डाउनलोड भएको भिडियोबारे थाहा पाउनुपर्ने कुरा

  • डाउनलोड गरेको भिडियो स्मार्टफोनको स्टोरेजमा नै बस्नेछ र त्यो यूट्यूब लाइब्रेरीमा देखिन्छ । तर डाउनलोड गर्नका लागि भने तपाईँको स्मार्टफोनमा इन्टरनेट कनेक्सन भएको हुनुपर्दछ । त्यस्तै स्मार्टफोनमा डाउनलोड भएको भिडियो अट्नसक्ने स्टोरेज पनि हुनुपर्नेछ ।
  • उक्त भिडियो हेर्न यदि तपाईंसँग इन्टरनेट कनेक्सन छैन वा तपाईं अफलाईन हुनुहुन्छ भने यस्तो अवस्थामा तपाईँले पहिले नै डाउनलोड गरिएको भिडियोहरु सजिलैसँग हेर्न सक्नुहुनेछ ।यस्तो बेलामा इन्टरनेट कनेक्सन आवश्यक पर्दैन् ।
  • यूट्यूबमा भएको लाइब्रेरी सेक्सनमा क्लिक गरेपछि, तपाईँले पहिले नै डाउनलोड गरेर सुरक्षित गरिएका भिडियोहरूको सबै सूची देख्नुहुन्छ। जहाँबाट यी भिडियोहरू सजिलै तपाईँ अफलाइन भएको समयमा पनि हेर्न सक्नुहुनेछ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ६ : ०९ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६