आज हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना | Khabarhub Khabarhub

आज हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज बिहानैदेखि देशभरको मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज पहाडका केही र तराईका थोरै स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।

अहिले बिहान धुम्म देखिएपनि काठमाडौंमा भने घाम लाग्ने सम्भावना रहेको उनले बताइन्। ‘तर अपराह्नपछि यहाँ पनि बदली भई मेघगर्जनसहित वर्षा हुने सम्भावना छ,’ उनले भनिन्।

यस्तै देशभका पहाडी भूभागका केही स्थान तथा तराईका थोरै ठाउँमा पनि अपराह्नपछि नै हावाहुरी, चट्याङ तथा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौमसविद् बासीले जानकारी दिइन्।

उनका अनुसार तत्काल आज बिहानैदेखि पश्चिमी क्षेत्रमा सामान्य बदली छ भने देशका बाँकी भूभागमा मौसम आंशिक (घाम बादल घाम बादल) बदली छ।

मौसमविद्का अनुसार अहिले मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव छ।

सोही कारण नेपालमा हावाहुरी, चट्याङसहित वर्षा हुने क्रम चलिरहेको हो।

यो क्रम बिहीबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।

यस्तो छ तीन दिनको मौसमी पूर्वानुमान

वैशाख ३० गते (मंगलबार)

दिउँसो : देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशको पहाडि भू-भागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति : देशको पूर्वी र मध्य भू-भागलगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य भू-भागका थोरै स्थान र पश्चिमी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

वैशाख ३१ गते (बुधबार)

दिउँसो : देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। पूर्वी भू-भागका केही स्थान र पश्चिमी तथा मध्य भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति : देशको पुर्वी तथा मध्य भू-भाग भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थान तथा पश्चिमी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

जेठ १ गते (बिहीबार)

दिउँसो : देशको पूर्वी र मध्य भू-भागलगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केही स्थान र पश्चिमी तथा मध्य भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति : देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थान तथा पश्चिमी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ६ : ५९ बजे

अन्ततः कपिलको शोमा फर्किए सिद्धु, पहिला किन बाहिरिए ?

काठमाडौं – ‘द कपिल शर्मा शो’को टिमले टेलिभिजनबाट विश्राम लिएर

आईफोन- १७ मा वायरलेस चार्ज तीन गुणा छिटो हुने

काठमाडौं– एप्पलले यसै वर्ष आईफोन- १७ सार्वजनिक गर्दैछ । समाचारमा

बैतडीको पुर्चौडी पूर्णखोप सुनिश्चिता पालिका घोषणा

बैतडी– बैतडीको पुर्चौडी नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

गर्मी बढेपछि कञ्चनपुरको बेलौरीमा दुई दिन विद्यालय बन्द

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय

वेल्सविरुद्ध बेल्जियमको सनसनीपूर्ण जित

काठमाडौं – विश्वकप फुटबलको युरोपेली छनोट अन्तरगत गएराति भएको खेलमा