अमेरिकी उपराष्ट्रपति ‘सेल्फ क्वारेन्टाइन’मा बस्न मानेनन् « Khabarhub

अमेरिकी उपराष्ट्रपति ‘सेल्फ क्वारेन्टाइन’मा बस्न मानेनन्


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले सेल्फ क्वारेन्टाइनमा नबस्ने बताएका छन् । आफ्ना सहयोगीलाई कोरोनाभाइरसको सङ्क्रमण देखिएपनि उनले सेल्फ क्वारेन्टाइनमा बस्न अस्वीकार गरेका हुन् ।

उपराष्ट्रपतिका प्रवक्ता डेभिन ओमाल्लीले उपराष्ट्रपति पेन्स क्वारेन्टाइनमा बस्ने कुनै योजना नरहेको र नियमित रुपमा आफ्नो काम गरिरहने जानकारी दिए । उपराष्ट्रपति पेन्सका एक जना सहयोगी तथा सञ्चार सचिव केट मिल्लरलाई कोरोनाभाइरसको सङ्क्रमण भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् ।

सहयोगीलाई सङ्क्रमण भएकाले उपराष्ट्रपति पेन्सलाई पनि सङ्क्रमण भएको हुन सक्ने, नदेखिएको हुन सक्ने र उनीबाट अरुलाई पनि सर्न सक्ने भएकाले उनी सेल्फ क्वारेन्टाइनमा बस्नु उपयुक्त हुने सुझाव धेरैले दिएका थिए । तर उनले भने आफु नियमितरुपमा कार्यालय जाने, काम गर्ने र आफ्नै कार्यालयको स्वास्थ्य ईकाइसँग निरन्तर परामर्शमा रहने जानकारी दिए ।

उपराष्ट्रपति पेन्सका अर्का एक सहयोगीले पहिलाभन्दा केही सतर्कता अपनाउने तर पूर्ण रुपमा सेल्फ क्वारेन्टाइनमा भने नबस्ने निर्णय भएको बताएका छन् । सञ्चार सचिव मिलरलाई गत शुक्रबार कोरोनासङ्क्रमण भएको पुष्टि गरिएको थियो । ह्वाइट हाउसमा कार्यरत भएका कोरोनाभाइरसबाट सङ्क्रमितमध्ये उनी दोस्रो व्यक्ति हुन् ।

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट मृत्यु भएका र सङ्क्रमित भएकाहरुको सबैभन्दा धेरै संख्या अमेरिकामै रहेको छ । पछिल्लो विवरणअनुसार अमेरिकामा ज्यान गुमाउनेको संख्या ८१ हजार ७२४ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ हजार ४३ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १३ लाख ८४ हजार ६८१ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २ लाख ६० हजार ४०० जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ४२ हजार ५५७ जनामध्ये १६ हजार ४८१ जनाको अवस्था गम्भीर छ । कोरोनाका कारण १३ लाख २८ हजार २०१ जना बिरामी भएका छन् भने ७९ हजार ५०८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ७ : ०५ बजे

कांग्रेस विशेष महाधिवेशन : भोलि २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ