बिरामीसँग बढी मूल्य लिएको भन्दै नर्भिक अस्पतालसँग लिखित जवाफ माग « Khabarhub

बिरामीसँग बढी मूल्य लिएको भन्दै नर्भिक अस्पतालसँग लिखित जवाफ माग


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटललाई तीन दिनभित्र आवश्यक कागजातसहित लिखित जवाफ दिन निर्देशन दिएको छ।

स्वास्थ्यकर्मीसहित नियमित बजार अनुगमनका क्रममा अस्पतालले बिरामीबाट पहिलेभन्दा फरक शुल्क लिएको भेटिएपछि लिखित जवाफ माग गरिएको जनाइएको छ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार आफ्ना पुराना नियमित बिरामीका लागि वैकल्पिक व्यवस्था गरिएको इमर्जेन्सी ओपिडी सेवामा ७५० लिएको भेटिएपछि जवाफ माग गरिएको हो।

लकडाउनपूर्व हस्पिटलले सेवाग्राहीबाट आकस्मिक सेवाका लागि एक हजार २ सय ५० र बहिरङ्ग सेवाका लागि पाँच सय लिँदै आएको थियो। लकडाउनका कारण सरकारले नै बहिरङ्ग सेवा बन्द गर्ने निर्देशन दिएपछि आकस्मिक बहिरङ्ग सेवा सञ्चालन गरेर ७ सय ५० लिएको अनुगमनका क्रममा भेटिएको उनले जानकारी दिए।

एक हजार २५० बाट ७५० मा झारिएको वा पाँच सयबाट सात सय लिएका विषयमा लिखित जवाफ माग गरिरएको उनले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ७ : १६ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित