अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा मास्क अनिवार्य « Khabarhub

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा मास्क अनिवार्य


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति र उपराष्ट्रपतिका सहयोगीमा नै कोरोना भाइरसको संक्रमण देखिएपछि अमेरिक राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

तर मास्क अनिवार्य गर्ने निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले भने कार्यान्वयन गरेका छैनन् ।

ह्वाइट हाउसले आफ्ना सबै कर्मचारीलाई अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएको हो ।

कर्मचारीले आफ्नो डेस्कमा बस्दा भौतिक दूरी कायम गर्नु पर्ने निर्देशन पनि दिइएको द न्यूयोर्क टाइम्सले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले आश्वयक परेकाले अनिवार्य मास्कको नियम ल्याइए पनि आफ्ना लागि नभएको बताएका छन् । आफू सबैसँग दूरी कायम गरेर बसेकाले मास्क लगाउनु नपर्ने उनले दाबी गरेका हुन् ।

ह्वाइट हाउसमा संक्रमण फैलिन नदिन आफूहरुले राम्रो काम गरेको पनि उनको दाबी छ ।

ट्रम्पले उक्त दाबी गरिरहँदा ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका तीन शीर्ष सदस्य आइसोलेशनमा गइसकेका छन् भने ८१ हजारभन्दा बढी मानिसको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ८ : ३२ बजे

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक