अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा मास्क अनिवार्य « Khabarhub

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा मास्क अनिवार्य


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति र उपराष्ट्रपतिका सहयोगीमा नै कोरोना भाइरसको संक्रमण देखिएपछि अमेरिक राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

तर मास्क अनिवार्य गर्ने निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले भने कार्यान्वयन गरेका छैनन् ।

ह्वाइट हाउसले आफ्ना सबै कर्मचारीलाई अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएको हो ।

कर्मचारीले आफ्नो डेस्कमा बस्दा भौतिक दूरी कायम गर्नु पर्ने निर्देशन पनि दिइएको द न्यूयोर्क टाइम्सले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले आश्वयक परेकाले अनिवार्य मास्कको नियम ल्याइए पनि आफ्ना लागि नभएको बताएका छन् । आफू सबैसँग दूरी कायम गरेर बसेकाले मास्क लगाउनु नपर्ने उनले दाबी गरेका हुन् ।

ह्वाइट हाउसमा संक्रमण फैलिन नदिन आफूहरुले राम्रो काम गरेको पनि उनको दाबी छ ।

ट्रम्पले उक्त दाबी गरिरहँदा ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका तीन शीर्ष सदस्य आइसोलेशनमा गइसकेका छन् भने ८१ हजारभन्दा बढी मानिसको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ८ : ३२ बजे

जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा

विराटनगर– सरकारले जिटुजीमार्फत् खरिद गरेको रासायनीक मल विराटनगर आउन शुरु

पछिल्लो पाँच वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्चका न्यायाधीशमा नरिश्वर पहिलो

काठमाडौं- पछिल्लो पाँच आर्थिक वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्च

ककरोच जनता पार्टीसँग भारत सरकारले माग्यो शनिबारसम्मको समय

काठमाडौं- भारतीय सत्तापक्ष र ककरोच जनता पार्टीका प्रतिनिधिहरूबीच दिल्लीस्थित कन्स्टिट्युसन

सत्याग्रहमा रहेका डा. केसीलाई धर्मशाला खाली गर्न समितिको पत्र 

धनगढी– धनगढीस्थित कृष्ण मन्दिर धर्मशाला व्यवस्थापन समितिले अनिश्चितकालीन सत्याग्रहमा रहेका

व्यवसायीलाई बालेनले भने : निर्यातजन्य उद्योगका समस्या समाधान गर्छौँ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायसँग सम्बन्धित