स्मार्ट लाइसेन्स छपाइ धमाधम, वितरण लकडाउन खुलेपछि « Khabarhub

स्मार्ट लाइसेन्स छपाइ धमाधम, वितरण लकडाउन खुलेपछि


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । लकडाउन हुनुअघि ट्रायल पास गर्नुभएको थियो र नजिकको यातायात कार्यालयमा दिनहुँ धाइरहनु भएको थियो भने अब ढुक्क हुनुहोस् ।

यातायात व्यवस्था विभागले लकडाउनको समयमा सवारी चालकका लागि स्मार्ट लाइसेन्स छपाइको काम जारी राखेको छ । लकडाउन हुनुअघि ट्रायल पास गरेका र लामो समयदेखि लाइसेन्सको प्रतीक्षामा रहेका सेवाग्राहीले लकडाउन खुल्नासाथ स्मार्ट लाइसेन्स पाउने विभागका अधिकारीको भनाइ छ ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि लकडाउन भएसँगै लाइसेन्स नवीकरण गर्ने काम पनि बन्द छ । नयाँ लाइसेन्सको लागि ट्रायल पनि बन्द छ । विभागमा अहिले नयाँ लाइसेन्सको माग छैन ।

लाइसेन्स नवीकरण रोकिएसँगै नयाँ लाइसेन्स छपाइको काम तीव्र पारेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनले भने, ‘लकडाउन सुरु हुँदा करिब १० दिन लाइसेन्स छपाइको काम पनि रोकिएको थियो । लकडाउन चाँडै खुल्ने सम्भावना देखिएन, त्यसपछि छपाइको काम सुरु गर्‍यौँ ।’

महानिर्देशक हमालका अनुसार विभागमा रहेको ‘मास प्रिन्टर’ बाट दैनिक तीन सिफ्टमा स्मार्ट लाइसेन्स छपाइको काम भइरहेको छ । ‘अहिले दैनिक ५ हजार स्मार्ट लाइसेन्स छापिरहेका छौँ’ उनले खबरहबसँग भने, ‘करिब डेढ लाख लाइसेन्स छापिइसेकेका छन्, बाँकी छापिने क्रममा छन् ।’

हमालका अनुसार अहिले लकडाउनअघि नै ट्रायल पास गरेका र नवीकरण भएका स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका गरी करिब तीन लाख सेवाग्राही रहेको हमालले बताए ।

‘लगभग तीन लाख सेवाग्राही अहिले स्मार्ट लाइसेन्सको प्रतीक्षामा छन्,’ उनले भने, ‘अझै केही समय लकडाउन लम्बियो भने सबै सेवाग्राहीको हातहातमा स्मार्ट लाइसेन्स पुग्नेछ ।’

उनले कडाउन खुलेपछि पनि चालु आर्थिक वर्षभित्रै पुराना लाइसेन्स छपाइको काम सक्ने उनले बताए । यससँगै अहिले विभागमा ५ वटा पुरानामध्ये ३ वटा मेसिनले पनि कार्ड छापिरहेका छन् ।

देशभरका १७ वटा यातायात कार्यालयबाट लाइसेन्स वितरण हुन्छ । छपाइ भने काठमाडौँको मीनभवनस्थित विभागको कार्यालयमा मात्र हुन्छ । सबै कार्यालयमा सेवाग्राहीको धेरै चाप छ ।

सोही माग धान्न गत साउनमा विभागले भारतीय कम्पनी मद्रास प्रिन्टरसँग नयाँ मास प्रिन्टर खरिद गरेको थियो । चार करोड ९७ लाख रुपैयाँ लागतमा ल्याइएको उक्त मेशिनमा प्राविधिक समस्या उत्पन्न भएर विभागको अपेक्षाअनुसार छपाइ हुन सकेको थिएन । दैनिक १० हजारसम्म स्मार्ट लाइसेन्स छाप्ने विभागको लक्ष्य भए पनि मास प्रिन्टरले दैनिक ५ हजारमात्र छपाइ गरिरहेको छ ।

विभागले काठमाडौँ उपत्यकामा यातायात कार्यालयबाट २०७२ सालमा र अन्य यातायात कार्यालयबाट २०७४ सालमा स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो ।

लकडाउनका कारण अहिले सम्पूर्ण क्षेत्रहरू ठप्प छन् । लकडाउन कहिलेसम्म जारी रहन्छ भन्ने यकिन छैन । अर्थतन्त्रमा ठूलो धक्का पुगिरहेका बेला अर्थ मन्त्रालयले नयाँ योजना नल्याउनु भनेकाले पुरानै कामले निरन्तरता पाउने महानिर्देशक हमालले बताए ।

सरकारले नयाँ कार्यक्रम नगर्ने भनेसँगै विभागको नयाँ योजना पनि केही छैन । अहिलेसम्म भइरहेकै कामलाई निरन्तरता दिने उनको भनाइ छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ९ : २९ बजे

मिर्चैया अस्पतालको पुरानो भवनबाट नगरपालिकाको सेवा सुरु

सिरहा– यहाँको मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा

सञ्चारमन्त्रीले भने- निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् 

काठमाडौं–  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चितताको बाटोबाट

रास्वपाले भन्यो- सभापति छुटेपछि पार्टीको काममा फर्किनुहुनेछ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले

चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह

काठमाडौं– ललितपुरको ढोलाहिटीबाट गत मङ्सिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन)