रुपन्देहीका ६ जना कोरोना संक्रमित तीन दिनअघि भारतबाट आएको खुलासा « Khabarhub

रुपन्देहीका ६ जना कोरोना संक्रमित तीन दिनअघि भारतबाट आएको खुलासा


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी ३ दिनअघि नेपाल प्रवेश गरेको खुलेको छ ।

जिल्लाको समरीमाई गाउँपालिका वडा नं ७, बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका ४७ मध्ये वडा नं १ का एक र वडा नं ४ का तीन जनामा कोरोना पुष्टि भएको समरीमाई स्वास्थ्य शाखा प्रमुख मुन्सीप्रसाद माझीले बताए ।

भैसागाहन क्वारेन्टाइनमा रहेकामध्ये वडा नं १ का ४६ वर्षीय पुरुष भारतको मुम्बईबाट यही वैशाख २५ गते नेपाल फर्किएका थिए ।

उनी लुकिछिपी सीमा पार गरेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरी क्वारेन्टाइनमा पुर्‍याएका थिए । सोही क्वारेन्टाइनमा रहेका अन्य तीन जना वैशाख २६ गते मुम्बईबाट आएका हुन् ।

क्वारेन्टाइनमा रहेका ४५, ३० र २६ वर्ष उमेरका तीनै जना पुरुष वडा नम्बर ४ का हुन् । सोही क्वारेन्टाइनमा रहेकी आफ्नी आमालाई चार दिन पहिले समरीमाई १ का वडाध्यक्ष शिवकुमार यादवले जबर्जस्ती घरमा लैजाएपछि स्थानीयवासी, सञ्चारमाध्यम र प्रशासनको दवाबपछि पुनः क्वारेन्टाइन फिर्ता गरेका थिए ।

मर्चवारमा यसअघि कोटहीमाईका एक २५ वर्षीय युवकमा कोरोना पोजिटिभ देखिएको थियो । उनको बुटवल स्थत कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ८ : ५४ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले