प्रभु बैंकको खुद नाफा बढ्यो, वितरणयोग्य मुनाफा रु. ७७.४९ करोड « Khabarhub

प्रभु बैंकको खुद नाफा बढ्यो, वितरणयोग्य मुनाफा रु. ७७.४९ करोड


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाभाइरस उत्पन्न संकटपूर्ण अवस्थामा पनि प्रभु बैंक लिमिटेडले खुद नाफा बढाउन सफल भएको छ।

तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ०.८२ प्रतिशतले बढेको बैंकले जनाएको हो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बै‌कले गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा ७७ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ। यो अवधिमा बैंकको रिटेन अर्निङ ७९ करोड ८१ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा २ अर्ब ८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म २ अर्ब ९ करोड रुपैयाँ रहेको थियो।

बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५९ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म ३ अर्ब ३७ करोड रुपैयाँ खूद ब्याज आम्दानी गरेको देखिएको छ।

समीक्षा अवधिमा बैंकले १ खर्ब १८ अर्बरुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा १ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब ८२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

समीक्षा अवधिमा बैंकको रिजर्भको आकार १६.०३ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म रिजर्भमा ३ अर्ब ९० करोड रुपैयाँ रहेकोमा आकार बढेर समीक्षा अवधिसम्म ४ अर्ब ५३ करोड रुपैयाँको उचाइमा पुगेको हो।

बैंकको खराब कर्जाको अनुपात २.९५ प्रतिशत रहेको छ भने बेस रेट ८.९८ प्रतिशत रहेको छ। सीडी रेसियो भने ७३.७४ प्रतिशत कायम भएको छ। बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १९.८९ रुपैयाँ र पीई रेसियो ११.३१ गुणा रहेको छ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ९ : २६ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन