लकडाउन अवज्ञा गर्ने २१ व्यापारी पक्राउ « Khabarhub

लकडाउन अवज्ञा गर्ने २१ व्यापारी पक्राउ


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङको तुलसीपुरमा लकडाउन अवज्ञा गरेको भन्दै प्रहरीले २१ व्यापारीहरुलाई पक्राउ गरेको छ ।

अत्यावश्यकीय खाद्य वस्तु खरिदका लागि बिहान ६ देखि ९ बजेसम्म पसल खोल्नुपर्नेमा कस्मेटिक, कपडा, हार्डवेयर, इलेक्ट्रिक, छापाखानासमेत खोलेको भन्दै प्रहरीले २१ जनालाई पक्राउ गरी हिरासतमा राखेको छ ।

पटक-पटक अनुरोध गर्दासमेत अटेर गरेर पसल खोलेको र भिड बढाएर कोरोना संक्रमणको जोखिम बढाएको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकालाई प्रहरीले संक्रामक रोग सार्ने कसुरमा मुद्दा चलाउन सक्ने भए पनि तुलसीपुर प्रहरीले केही समय हिरासतमा राखेर छाड्ने गरेको छ ।

यसअघि पनि ९२ जनालाई पक्राउ गरेर छाडिसकेको छ । तुलसीपुरमा अत्यावश्यकीय वस्तु खरिदका लागि सामग्री खरिदका नाममा अन्य पसलहरु पनि खुल्ने गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १० : २६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै