क्वारेन्टाइनमा बसेका सात हजार परीक्षणविना घर फिर्ता | Khabarhub Khabarhub

क्वारेन्टाइनमा बसेका सात हजार परीक्षणविना घर फिर्ता


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा- जिल्लाका विभिन्न क्यारेन्टाइनमा राखिएका मानिसलाई स्वास्थ्य परीक्षणविना नै धमाधम घर पठाइएको छ । जिल्लाका विभिन्न क्वारेन्टाइमा राखिएका सात हजार ७२१ सर्वसाधारणलाई कोरोना परीक्षणविना नै घर पठाइएको हो ।

कोरोना परीक्षण गर्ने किट अभाव भएपछि क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य जाँच नगरी घर पठाउन थालिएको वडा नं ४ का वडाध्यक्ष नवराज आचार्यले बताए । ‘जिल्ला बाहिरबाट आएकाहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर एक साता घरमा सेल्फ आइसोलेशनमा रहन भनेका छौं’, आचार्यले भने।

कोरोना भाइरस आरडिटी किट अभाव भएपछि सामान्य स्वास्थ्य परीक्षण गरी घर पठाइएको जनस्वास्थ्थ प्रमुख अनिल केसीले बताए । लकडाउन अवधिभर काठमाडौँलगायत अन्य स्थानबाट हजारौँ मजदूर जिल्ला आएका थिए ।

कोभिड –१९ को आशंकामा सोमबारसम्म २८ हजार ८८७ जनाको सामान्य जाँच गरिएको छ । एक हजार ५७६ क्वारेन्टाइन बेड रहेको रोल्पामा हालसम्म १८७ महिला र २९२ पुरुष क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासनले कार्यालयले जनाएको छ ।

आज मात्रै ३१० जना घर फर्किएका छन् भने १७ जना थपिएका छन् । रोल्पा नगरपालिकाको १० क्यारेन्टाइन बेडमा तीन महिला र सात पुरुष बसेका छन् ।

आज ११२ घर फर्किएका छन् । थवाङ गाउँपालिकामा २०९ क्वारेन्टाइन बेड रहेकामा २८ महिला र ३० पुरुष बसेका छन् । चौबीस जना घर फर्किएका छन् ।

त्यस्तै सोमबारसम्म र जिल्लाका विभिन्न क्यारेन्टाइनबाट सात हजार ७२१ जना घर फर्किएको स्वास्थ कार्यालयका तथ्याङ्क सहायक अरुण भिटुले जानकारी दिए ।

अहिलेसम्म जिल्लाभर आइसोलेशनमा राखिएका १३ जना घर फर्किसकेको तथा अन्य पाँच जनालाई आइसोलेशनमा राखिएको स्वास्थ्थ कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १० : ३८ बजे

आजका समाचार : भूमिबाहेकका सबै अध्यादेश पास, कुलमानका नाममा दोहोरी र हमास सिद्ध्याउने ट्रम्पको धम्की 

मुलुक अब आत्मनिर्भरताको बाटोमा छ : प्रधानमन्त्रीप्रधानमन्त्री केपी शर्मा ओलीले

स्थानीय सेवा गठन ऐन संशोधन गर्ने कर्णाली मन्त्रीपरिषद्को निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारले स्थानीय सेवा गठन तथा सञ्चालन गर्न

सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाइने

काठमाडौं– यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई सुरक्षित बनाउन प्रविधिमैत्री बनाउने

स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : महासचिव पोखरेल

गलकोट – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले स्थिर सरकार बने

बलेफीका दुई विद्यालयका विद्यार्थी संसदमा

काठमाडौं– सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा रहेका दुई विद्यालयका विद्यार्थीहरूले संघीय संसद्