सम्पर्कबिहीन बनेका प्रहरी जवान मृत भेटिए « Khabarhub

सम्पर्कबिहीन बनेका प्रहरी जवान मृत भेटिए


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सिम्ता गाउँपालिकामा ड्युटीमै रहेका बेला सम्पर्कबिहीन बनेका एक प्रहरी जवान मृत फेला परेका छन् ।

आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का ड्युटीबाटै सम्पर्कविहीन भएका थिए ।

उनको शव मंगलबार बिहान ९ बजे आग्रीगाउँ प्रहरी चौकीदेखि एक किलोमिटर पर भेटिएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । उनी राति २–३ बजेसम्मको ड्युटीमा खटिएका थिए । खड्का आफूसँगै भएको एक थान पेस्तोल र गोलीसहित सम्पर्कबिहीन भएका थिए ।

कञ्चटमा गोली लागेको अवस्थामा प्रहरी चौकी नजिकैको जंगलमा उनको शव फेला परेको हो । घटनाका बारेमा अनुसन्धान भइरहेको र कारण अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ११ : २४ बजे

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर