मापदण्ड अनुसार राहत बाँड्न अन्तरिम आदेश « Khabarhub

मापदण्ड अनुसार राहत बाँड्न अन्तरिम आदेश


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- सरकार तोकेको मापदण्ड विपरित राहत वितरण गरिएपछि उच्च अदालत जनकपुरले मापदण्डलाई ख्याल गर्दै राहत वितरण गर्न अन्तरिम आदेश जारी गरेको छ।

लकडाउनबाट प्रभावित गरिब विपन्न तथा श्रमिक तथा असहाय वर्गलाई संघीय तथा प्रदेश सरकारले तोकेको मापदण्ड अनुसारको राहत वितरण नगरेको भन्दै अधिवक्ता भोगेन्द्र यादव र मानवअधिकारकर्मी बिनोद महराले दायर गरेको रिटमा उच्च अदालतले फैसला सुनाएको छ।

रिटको सुनुवाइमा उच्च अदालत जनकपुरले १० वटा सरकारी कार्यालय सहित संघसंस्थालाई मापदण्ड विपरित राहत वितरण गर्न/गराउन अन्तरिमा आदेश जारी गरेको छ।

रिटमा प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय धनुषा, राष्ट्रिय मानव अधिकार आयोग प्रादेशिक कार्यालय जनकपुर, जनकपुरधाम उपमहानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको हो।

उच्च अदालत जनकपुरका न्यायधिश राजेश्वर तिवारीको ईजलासले धनुषाका सबैला, कमला, मिथिला बिहारी, नगराईन नगरपालिका, धनौजी गाउँपालिकालाई समेत नेपाल सरकारले तय गरेको नीति निर्देशन र मापदण्ड बमोजिम कार्य गर्न/गराउन आदेश जारी गरेको हो।

कोरोना नियन्त्रण, राहत वितरण सम्बन्धमा नेपाल सरकारले तय गरेको नीति निर्देशन र मापदण्ड बमोजिमको कार्य गर्न/गराउनु उच्च अदालत नियमावली, २०७३ को नियम (४२)१ बमोजिम विपक्षीहरुको नाममा आन्तरिम आदेश जारी गरेको छ।

कोरोना (कोभिड–१९) फैलिन नदिन नेपाल सरकारले गरिब विपन्न श्रमिक वर्ग असहायहरुलाई चामल ३०, दाल ३, चिनी २ किलो, नुन ३ प्याकेट, साबुन ४ वटा, खाने तेल २ लिटर, लगायतको खाद्यान्न सामग्री उपलब्ध गराउन आन्तरिम आदेश जारी गरेको हो। रिटमाथि निवेदकको तर्फबाट अधिवक्ताद्वय विपिन कुमार झा र राजकुमार महासेठले बहस गरेका थिए।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ११ : ३६ बजे

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत

रोल्पा पहिरो अपडेट : बेपत्ता पाँच जनाको शव प्युठानमा भेटियो

रोल्पा – रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता