हामीलाई सीमा मिच्ने होइन, ठूलो हृदय भएको छिमेकी चाहिएको हो: धुर्मुस « Khabarhub

हामीलाई सीमा मिच्ने होइन, ठूलो हृदय भएको छिमेकी चाहिएको हो: धुर्मुस


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक अभियन्ता तथा हास्यकलाकार सीताराम कट्टेलले भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न भारत सरकारले छिटो कदम चाल्न अनुरोध गरेका छन् ।

भारतले लिपुलेकमा सीमाना मिचेर तिब्बतको मानसरोवर जाने सडक निर्माण गरेपछि नेपालमा भारतविरुद्ध आवाज गुञ्जिएको छ । कट्टेलले सामाजिक सञ्जालमार्फत भारतको यो कदमको विरोध गरेका हुन् ।

विभिन्न समयमा नेपालको सीमा मिचिरहने र विवादमा आइरहने भारतले आफ्नो स्वभावलाई पछिल्लो कदमअन्तर्गत लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक निर्माणले प्रष्ट पारेको छ,’ धुर्मुस लेख्छन्, ‘कालापानी, लिपुलेकर सुस्तामात्र होइन, नेपाल–भारत सीमाका ७१ स्थामा भारतीय पक्षले सधै विवाद निकाल्दै आएको छ, त्यसैले स–सम्मान नेपाली भूमि फिर्ता गर्न भारतले यथासक्य छिटो कदम चालोस् भनी आग्रह गर्छौं ।’

उनले अन्तर्राष्ट्रिय कानूनअनुसार विवाद सुल्झाउन पनि पहल गरेका छन् । उनले लेखेका छन् – हामीलाई सीमा मिचेर ठूलो भूभाग भएको छिमेकी होइन, ठूलो हृदय भएको छिमेकी चाहिएको हो ।

भारतले लिपलेकमा नेपाली भूमि मिचेर मानसरोवर जाने सडक उद्घाटन गरेपछि नेपालमा भारतको व्यापक विरोध भएको छ । भारतले भने आफ्नै भूमिमा बाटो बनाएको दाबी गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १ : ४८ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।