सप्तरीमा कोरोना संक्रमितको गाउँ सिल « Khabarhub

सप्तरीमा कोरोना संक्रमितको गाउँ सिल


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ मा भेटिएका कोरोना सङ्क्रमित युवकको गाउँलाई सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले डाक्नेश्वरी नगरपालिका–३ हटैलटोल र त्यसआसपास क्षेत्रलाई सिल गर्ने निर्णय गरेको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

वैशाख ९ गते चितवनबाट घर आएका ती युवकमा सोमबार कोरोना सङ्क्रमण देखापरेको हो । चितवनबाट आएका युवकलाई सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ स्थित कन्तचन्द्र मावि पातोको क्वारेन्टाइनमा राखिएको थियो । सङ्क्रमित युवकलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा अहिले भर्ना गरिएको छ ।

उनलाई अस्पतालमा भर्ना गरी सङ्क्रमित युवकको टोल हटैल र उक्त गाउँका आसपास क्षेत्रलाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले बताए । उनको वैशाख २५ गते स्वाब सङ्कलन गरिएको थियो । रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट सिधै घर गएका युवकको पछि रिपोर्ट आउँदा कोरोना सङ्क्रमण देखिएको छ ।

यसैबीच उनका परिवारसहित उनको सम्पर्कमा आएका सबै व्यक्तिको कोरोना परीक्षण गरिने सूचना अधिकारी ठाकुरले बताए । उनीसँगै क्वारेन्टाइनमा रहेका अन्य व्यक्ति तथा उनका परिवारजनसहित उनीसँग सम्पर्कमा आएका अन्य सबै व्यक्तिको स्वाब परीक्षण गरिने उनको भनाइ छ ।

लकडाउनको समयमा वैशाख ९ गते डाक्नेश्वरी नगरपालिका–३ तरहीस्थित घर पुगेका उनीसहित १३ जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १२ : ०७ बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने