सप्तरीमा कोरोना संक्रमितको गाउँ सिल « Khabarhub

सप्तरीमा कोरोना संक्रमितको गाउँ सिल


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ मा भेटिएका कोरोना सङ्क्रमित युवकको गाउँलाई सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले डाक्नेश्वरी नगरपालिका–३ हटैलटोल र त्यसआसपास क्षेत्रलाई सिल गर्ने निर्णय गरेको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

वैशाख ९ गते चितवनबाट घर आएका ती युवकमा सोमबार कोरोना सङ्क्रमण देखापरेको हो । चितवनबाट आएका युवकलाई सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ स्थित कन्तचन्द्र मावि पातोको क्वारेन्टाइनमा राखिएको थियो । सङ्क्रमित युवकलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा अहिले भर्ना गरिएको छ ।

उनलाई अस्पतालमा भर्ना गरी सङ्क्रमित युवकको टोल हटैल र उक्त गाउँका आसपास क्षेत्रलाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले बताए । उनको वैशाख २५ गते स्वाब सङ्कलन गरिएको थियो । रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट सिधै घर गएका युवकको पछि रिपोर्ट आउँदा कोरोना सङ्क्रमण देखिएको छ ।

यसैबीच उनका परिवारसहित उनको सम्पर्कमा आएका सबै व्यक्तिको कोरोना परीक्षण गरिने सूचना अधिकारी ठाकुरले बताए । उनीसँगै क्वारेन्टाइनमा रहेका अन्य व्यक्ति तथा उनका परिवारजनसहित उनीसँग सम्पर्कमा आएका अन्य सबै व्यक्तिको स्वाब परीक्षण गरिने उनको भनाइ छ ।

लकडाउनको समयमा वैशाख ९ गते डाक्नेश्वरी नगरपालिका–३ तरहीस्थित घर पुगेका उनीसहित १३ जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १२ : ०७ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले