सुदूरपश्चिम प्रदेशका सबै अस्पतालमा ओपीडीसहित नियमित स्वास्थ्य सेवा सुरू | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशका सबै अस्पतालमा ओपीडीसहित नियमित स्वास्थ्य सेवा सुरू


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशका सम्पूर्ण अस्पतालहरुमा ओपिडीसहित अन्य केही नियमित स्वास्थ्य सेवा सुचारु भएका छन् ।

लकडाउनसँगै आकस्मिक सेवा मात्रै प्रदान गर्दै आएका सुदूरपश्चिमका सरकारी अस्पतालहरुले आजबाट ओपीडीसहित नियमित स्वास्थ्य सेवा सुचारु गरेका हुन्।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले यस प्रदेशमा सञ्चालनमा रहेका सबै सरकारी अस्पतालहरुलाई ओपीडी सेवा सुचारु गर्न निर्देशन गरेपछि अस्पतालमा बन्द रहेका सेवाहरु सुचारु भएका हुन् ।

सुदूरपश्चिम प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालले पनि कोरोना भाइरसको संक्रमणपछि बन्द रहेका बहिरंग (ओपिडी) सेवा सञ्चालन गर्ने जानकारी दिएको छ ।

कोरोना संक्रमणपछि बन्द रहेका सम्पूर्ण सेवाहरु आजदेखि सुचारु हुने प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । यसअघि सेती अस्पतालमा कोरोना भाइरसको महामारीलाई लिएर चैत ११ गतेदेखि ज्वरो र आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको थियो ।

सुदूरपश्चिमका सबै संक्रमितहरु उपचारपछि निको भएर घर फर्किएका र नयाँ संक्रमितसमेत नदेखिएपछि सेवा सुचारु गरेको जिल्ला अस्पतालहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १२ : ०६ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका