एसइई दिने विद्यार्थीलाई पुनरावृत्ति अभ्यास गराउँदै स्थानीय तह « Khabarhub

एसइई दिने विद्यार्थीलाई पुनरावृत्ति अभ्यास गराउँदै स्थानीय तह


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झिमरुक– लकडाउन समयावधि बढेसंँगै प्युठान जिल्लाका स्थानिय तहले प्रवेशिका परीक्षा(एसइई) दिने विद्यार्थीका लागि कार्यक्रम सञ्चालन गर्न थालेका छन् । ऐरावती गाउँपालिका बरौलाले लकडाउन समयमा विद्यार्थीमा आएको निराशापन हटाउन तथा अध्ययन निरन्तर गराराख्न पालिका शिक्षा, युवा तथा खेलकुद शाखामार्फत विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

शाखाले पालिका क्षेत्रका ६ माध्यमिक विद्यालयबाट एसइई दिने करीब तीन सय विद्यार्थीको टोलटोलमा पुगी शिक्षकबाट विषयगत समस्या समाधान गराउने कार्य थालेको शाखा प्रमुख छत्रबहादुर शाहीले बताए ।

त्यस्तै इन्टरनेटको पहुँचमा रहेका विद्यार्थीको सहजताका लागि अंग्रेजी, गणित, विज्ञान तथा अन्य विषयका प्रश्नपत्र तयार गरी शाखा तथा पालिकाको फेसबुक पेजबाट अपलोड गरिएको छ ।

पालिकाका माध्यमिक विद्यालयबाट २–२ जनाको दरले शिक्षक खटाइएको र तिनका लागि स्वास्थ्य सामग्री सेनिटाइजर र मास्क उपलब्ध गराउनाक साथै प्रोत्साहन भत्ता दिइएको छ ।

जिल्लाका नौ वटै स्थानीय तहलाई समन्वय गरी विद्यार्थीको सहजताका लागि अनलाइन कक्षा सञ्चालन गर्ने भनिए पनि इन्टरनेटको पहुँच नहुँदा गर्न नसकिएको शिक्षा विकास तथा समन्वय एकाइ प्युठानका प्रमुख शिवराज पण्डितले बताउनुभयो । अन्य पालिकालाई पनि पुनरावृत्तिका अभ्यास सञ्चालन गर्न आग्रह गरिएको उनले बताए ।

प्युठान नगरपालिका नगर क्षेत्रका एसइई दिने विद्यार्थीको सहजताका लागि रेडियो कक्षा सञ्चालनको तयारीमा रहेको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो । जिल्लामा एसइई दिने विद्यार्थी चार हजार १४८ विद्यार्थी छन् । तिनमा २ हजार २८८ छात्रा छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १२ : १५ बजे

भारी वर्षाको कारण जलमग्न सहभागिता मार्ग (तस्बिरहरू)

काठमाडौं– भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग जलमग्न

सरकारको नयाँ सिस्टमले हैरान युवा, सातादेखि भर्न पाएनन् राहदानीको आवेदन फारम

काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षसँगै लागु गरेको नयाँ प्रणालीका कारण

जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा

विराटनगर– सरकारले जिटुजीमार्फत् खरिद गरेको रासायनीक मल विराटनगर आउन शुरु

पछिल्लो पाँच वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्चका न्यायाधीशमा नरिश्वर पहिलो

काठमाडौं- पछिल्लो पाँच आर्थिक वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्च

ककरोच जनता पार्टीसँग भारत सरकारले माग्यो शनिबारसम्मको समय

काठमाडौं- भारतीय सत्तापक्ष र ककरोच जनता पार्टीका प्रतिनिधिहरूबीच दिल्लीस्थित कन्स्टिट्युसन