कोरोना संक्रमितको उपचारका लागि ‘नेपाली ढाँचा’को आइसोलेशन बनाउने निर्देशिका तयार « Khabarhub

कोरोना संक्रमितको उपचारका लागि ‘नेपाली ढाँचा’को आइसोलेशन बनाउने निर्देशिका तयार


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अन्य देशले गरेका प्रयत्नकोे अध्ययन गरेर नेपाली ढाँचाको ‘कोभिड आइसोलेशन सेन्टर’ निर्माण निर्देशिका तयार पारिएको छ । विभिन्न क्षेत्रका विज्ञको सहभागिता र अन्तरराष्ट्रिय अनुभवको अध्ययन गरेर आर्किटेक्टहरुको संस्था सोसाइटी अफ नेप्लिज आर्किटेक्टस (सोना) ले उक्त निर्देशिका तयार गरेको हो ।

सोनाले आफूले तयार पारेको कोभिड–१९ संक्रमितको उपचारका लागि छुट्टै उपचार केन्द्र अर्थात् कोभिड आइसोलेशन सेन्टर निर्माण निर्देशिका आइतबार मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीलाई हस्तान्तरण गरिएको जनाएको छ ।

समूहगत रुपमा छलफल गर्दा सरकारलाई सहयोग गर्ने उद्देश्यले नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट) सँगको सहकार्यमा निर्देशिका तयार पारिएको सोनाका महासचिव सुरज खनालले जानकारी दिए ।

उनका अनुसार निर्देशिका तयार पार्नुअघि विज्ञ टोलीले डब्लुएचओ, रोग नियन्त्रण तथा रोकथाम केन्द्र, राष्ट्रिय स्वास्थ्य सेवासहितका संस्थाका मापदण्ड र बंगलादेश, हङकङका साथै आर्किटेक्टहरुको एशियास्तरीय परिषद्लगायतले जारी गरेका निर्देशिकाको समेत अध्ययन गरिएको थियो ।

उक्त निर्देशिकामा ५० शय्याको आइसोलेशन सेन्टर सरल तथा सहज निर्माणका लागि आवश्यक जनशक्तिलगायत विषयलाई समावेश गरिएको सोनाले जनाएको छ ।

महासचिव खनालका अनुसार उक्त निर्देशिकाबमोजिम नेपालले पनि अन्य देशसरह अधिक जनशक्ति प्रयोग गरेर छोटो समयमा नै आइसोलेशन सेन्टर निर्माण गर्न सक्नेछ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १२ : २१ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित