कोरोना संक्रमितको उपचारका लागि ‘नेपाली ढाँचा’को आइसोलेशन बनाउने निर्देशिका तयार « Khabarhub

कोरोना संक्रमितको उपचारका लागि ‘नेपाली ढाँचा’को आइसोलेशन बनाउने निर्देशिका तयार


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अन्य देशले गरेका प्रयत्नकोे अध्ययन गरेर नेपाली ढाँचाको ‘कोभिड आइसोलेशन सेन्टर’ निर्माण निर्देशिका तयार पारिएको छ । विभिन्न क्षेत्रका विज्ञको सहभागिता र अन्तरराष्ट्रिय अनुभवको अध्ययन गरेर आर्किटेक्टहरुको संस्था सोसाइटी अफ नेप्लिज आर्किटेक्टस (सोना) ले उक्त निर्देशिका तयार गरेको हो ।

सोनाले आफूले तयार पारेको कोभिड–१९ संक्रमितको उपचारका लागि छुट्टै उपचार केन्द्र अर्थात् कोभिड आइसोलेशन सेन्टर निर्माण निर्देशिका आइतबार मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीलाई हस्तान्तरण गरिएको जनाएको छ ।

समूहगत रुपमा छलफल गर्दा सरकारलाई सहयोग गर्ने उद्देश्यले नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट) सँगको सहकार्यमा निर्देशिका तयार पारिएको सोनाका महासचिव सुरज खनालले जानकारी दिए ।

उनका अनुसार निर्देशिका तयार पार्नुअघि विज्ञ टोलीले डब्लुएचओ, रोग नियन्त्रण तथा रोकथाम केन्द्र, राष्ट्रिय स्वास्थ्य सेवासहितका संस्थाका मापदण्ड र बंगलादेश, हङकङका साथै आर्किटेक्टहरुको एशियास्तरीय परिषद्लगायतले जारी गरेका निर्देशिकाको समेत अध्ययन गरिएको थियो ।

उक्त निर्देशिकामा ५० शय्याको आइसोलेशन सेन्टर सरल तथा सहज निर्माणका लागि आवश्यक जनशक्तिलगायत विषयलाई समावेश गरिएको सोनाले जनाएको छ ।

महासचिव खनालका अनुसार उक्त निर्देशिकाबमोजिम नेपालले पनि अन्य देशसरह अधिक जनशक्ति प्रयोग गरेर छोटो समयमा नै आइसोलेशन सेन्टर निर्माण गर्न सक्नेछ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १२ : २१ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।