बाँकेको खजुरामा स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की « Khabarhub

बाँकेको खजुरामा स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँकेको खजुरास्थित एक स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई एक व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् ।

गाउँपालिकाको वडा नम्बर ७ मा रहेको सोनपुर स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई स्थानीय एक व्यक्तिले ज्यान मार्ने धम्की दिएपछि प्रहरीमा उजुरी दिएका छन् ।

सोनपुरका स्थानीय रफी भाटले स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की दिएको स्वास्थ्यचौकीका प्रमुख सुदीप पौडेलले जानकारी दिए ।

स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा ज्यान मार्ने धम्की आएको उनले बताएका छन् ।

इलाका प्रहरी कार्यालय धनौलीका इञ्चार्ज प्रहरी निरीक्षक पोषणराज थपलियाले उजुरीपछि उक्त बिषयमा अनुसन्धान थालिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १२ : ३४ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।