नेपाल प्रवेशका लागि दशगजामा अनुमति कुर्दै १०० नेपाली « Khabarhub

नेपाल प्रवेशका लागि दशगजामा अनुमति कुर्दै १०० नेपाली


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दघाट– नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को नेपाल–भारत सीमा क्षेत्रमा भारतका विभन्न क्षेत्रबाट आइपुगेका करीब एक सय नेपाली तीनचार दिनदेखि दशगजामा छन् । नेपाल–भारत सिमाअन्तर्गत गेर्मी भुजहवा, गुठीप्रसौनी र सुस्ता नाकाको दशगजा क्षेत्रमा नेपाली बसेका हुन् ।

दशगजा आसपास क्षेत्रमा रहेका नेपालीलाई नेपालतर्फ उद्धार गर्न जिल्ला प्रशासन कार्यालयमार्फत माथिल्लो निकायमा आवश्यक समन्वय भइरहेको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका गणपति भरत खनियाले जानकारी दिए ।

सीमा क्षेत्रमा आइपुगेका नेपालीले आफूहरु नेपाल प्रवेश गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । स्थानीय प्रशासनले नेपाल प्रवेश गर्न खोज्ने नेपालीलाई दशगजा क्षेत्रमा रोक लगाउँदै आएको छ । नेपालीलाई केही स्थानीय तह र सीमा पारि भारत नजीकै रहेका गाउँलेले सामान्य खानापान र त्रिपालको व्यवस्थापन गरेका छन् ।

यसबारे आफूले गृह मन्त्रालयमा जानकारी गराइसकेको र निर्देशन आएपछि मात्र समस्या समाधान हुने प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए । पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा राति खेतको बाटो हुँदै लुकीछिपी नेपालीहरु नेपाल प्रवेश गर्ने गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १ : ३८ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले