जनजीवन सहज बनाइएसँगै दक्षिण कोरियामा बढ्यो कोरोना भाइरसको संक्रमण « Khabarhub

जनजीवन सहज बनाइएसँगै दक्षिण कोरियामा बढ्यो कोरोना भाइरसको संक्रमण


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि जनजीवन केही सहज बनाइएको दक्षिण कोरियामा फेरि संक्रमितको संख्या बढ्न थालेको छ ।

संक्रमित घट्दै गएपछि रात्रिकालीन सेवाहरू सञ्चालन गर्न केही खुकुलो बनाइएकोमा तिनै क्षेत्रबाट नयाँ संक्रमित बढेका छन् ।

पछिल्लो दुई दिनमा कोरियामा २ जनाको मृत्यु भएको छ भने ६२ जना नयाँ संक्रमित थपिएका छन् ।

अधिकांश संक्रमित दक्षिण कोरियाको राजधानी सियोलका छन् । रात्रिकालीन सेवा दिने विभिन्न होटल, रेष्टुरा तथा क्लबका आगन्तुकले गलत सम्पर्क नम्बर र ठेगाना टिपाउँदा सम्भावित संक्रमितको खोजीमा समेत अप्ठ्यारो भएको भएको छ ।

संक्रमितको संख्या बढेपछि यसैसाता देखि विद्यालय सञ्चालन गर्ने तयारी गरेको कोरियाले तत्कालै विद्यालय सञ्चालन नगर्ने निर्णयमा पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दक्षिण कोरियामा १० हजार ९३६ जना कोरोना भाइरसबाट संक्रमित भएकोमा ९ हजार ६७० जना निको भएका छन् । १ हजार ८ जनाको उपचार भइरहेको छ भने २५८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १ : ०४ बजे

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल