कोरोनाको ‘सकारात्मक’ असर– हात धुने बानी विकास हुँदा सरुवा रोगका बिरामी घटे « Khabarhub

कोरोनाको ‘सकारात्मक’ असर– हात धुने बानी विकास हुँदा सरुवा रोगका बिरामी घटे


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कोरोना भाइरसको जोखिम हुन नदिन स्थानीय बासिन्दामा साबुनपानीले मिचीमिची हातधुने बानीको विकास भएपछि कञ्चनपुरका स्वास्थ्य चौकीमा सरुवा रोगका बिरामीको सङ्ख्यामा कमी आएको छ । झाडापखाला, श्वा;प्रश्वाश / मौसमी फ्लुका रूपमा रहेको भाइरल ज्वरो, रुघाखोकी र छाला तथा आँखा पाक्नेलगायत रोगको सङ्क्रमणमा निकै कमी आएको पाइएको हो ।

गर्मीको मौसम शुरु भएसँगै स्वास्थ्यचौकीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामीको चाप बढ्दोरूपमा रहने गरेको थियो । स्वास्थ्यचौकीमा सेवा लिन आउने बिरामीमा सरुवा रोगका बिरामीको सङ्ख्या एकदुई जनामात्रै रहने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

जारी बन्दाबन्दीका कारण वातावरणीय प्रदूषण कम हुँदा मानिसको ओहोरदोहोर हुने क्रम रोकिँदा र हात धुने बानीको विकासले सरुवा रोगको सङ्क्रमणमा कमी आएको लालझाडी गाउँपालिकास्थित देखतभूली स्वास्थ्यचौकीका प्रमुख लीलाकान्त झाले जानकारी दिए ।

गर्मीका महिना शुरु नहुँदै स्वास्थ्यचौकीमा भाइरल ज्वरोका बिरामीको चाप थेग्नै नसक्ने हुन्थ्यो उनले भने, ‘साबुनपानीले हात धुने बानीको विकासले भाइरल ज्वरोलगायत सरुवा रोगका बिरामीको सङ्ख्या निकै न्यून अवस्थामा रहेको छ ।’ उनका अनुसार हालसम्म मौसमी फ्लुका छदेखि १० जनाको हाराहारीमा स्वास्थ्यचौकीमा बिरामी पुगेका छन् । हात धुने बानीको विकासले झाडापखाला हुने बिरामी ७०, स्वासप्रस्वासका ५० प्रतिशत बढी बिरामी कम भएको उनको भनाइ छ ।

स्थानीय तहदेखि सामुदायिक वन र सङ्घसंस्थाले स्थानीय बासिन्दाको हात धुने बानीको विकास गर्नका लागि सचेतना फैलाउने कार्यसँगै निःशुल्क साबुन बाँडने कामसमेत गरेका छन् । दैनिक मजदुरी गरेर परिवार पाल्ने परिवारलाई उपलब्ध गराएको राहत सामग्रीमा समेत साबुन अनिर्वायरूपमा स्थानीय तहले उपलब्ध गराएका छन् ।

शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्ट कोभिड–१९ को रोकथामका लागि स्थानीय बासिन्दालाई साबुन उपलब्ध गराउने कार्यसँगै हात धुने तरिकासमेत सिकाइएको बताउँछन् । यसबाट स्थानीय बासिन्दा कारोना भाइरसको सङ्क्रमणसँगै अन्य सङ्क्रामक रोगबाट बच्न मद्दत पुगेको छ ।

‘राम्ररी हात धुँदा झाडापखालाका कारण बालबालिकामा देखिने कुपोषणको समस्यासमेत हटेर जान्छ,’ उनले भने, ‘माटोबाट सर्ने जुकाहरुको समस्याबाट समेत छुटकारा पाउन सकिन्छ । बालबालिकाको मानसिक र शारीरिक विकासमा पुग्ने अवरोधसमेत हटेर जान्छ ।’

औषधि खरिदमा स्थानीय तहले खर्च गर्नुपर्ने रकमसमेत जोगिएको छ । व्यक्ति र वस्तुलाई छुँदासमेत धेरै सङ्क्रामक रोगहरु सर्ने सम्भावना रहने हुन्छ ।

हाल कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई ध्यानमा राख्दै स्थानीय बासिन्दाले साबुनपानीले हात धुने कार्यसँगै स्यानिटाइजरको प्रयोग गर्न थालेपछि सङ्क्रमणजन्य रोगहरुको जोखिम हट्दै गएको कृष्णपुर नगरपालिकास्थित स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी रतन विष्ट बताउँछन् ।
सङ्क्रामक रोग हातको सरसफाइमा हुने कमीले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिने हुँदा नियमितरूपमा साबुनपानीले हात धुँदा मौसमी रुघाखोकी झाडापखाला, हैजा, टाइफाइड, जुका, चुर्ना, छाला, निमोनिया र आँखासम्बन्धी रोगबाट बच्न सकिने उनले बताए ।

हात, अनुहार, आँखा, मुख तथा नाकमा छुँदा रोगको सङ्क्रमण हुने सम्भावना अधिक रहने हुँदा छुनबाट बच्नुपर्ने उनको सुझाव छ । बालबालिकामा अधिकरूपमा देखिने निमोनियाको सङ्क्रमणसमेत हाल निकै कम मात्रै देखिन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । बढ्दै गएको हात धुने बानीको विकास र व्यक्तिगत सरसफाइमा ध्यान दिइनुका साथै हाइजिनयुक्त खानेकुराको बढ्दो प्रयोगले सङ्क्रामक रोगको सङ्क्रमण दरमा कमी आएको पाइएको छ ।

दिशा गरेपछि, बच्चाको दिशा धोएपछि, खाना खानुअघि र बनाउनभन्दा पहिला, हाछ्युँ वा खोकी गरेपछि कुनै सामान, सार्वजनिक स्थानको सतह छोएपछि, फोहर वा माटो चलाएपछि हात साबुनपानीले धुनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  २ : १५ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।