भारतमा मंगलबारदेखि रेल सेवा सुचारु हुँदै « Khabarhub

भारतमा मंगलबारदेखि रेल सेवा सुचारु हुँदै


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा मंगलबारदेखि रेल सेवा पुनः सञ्चालनमा आउने बताइएको छ । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि भारत सरकारले बन्द गरेको रेलसेवा झण्डै डेढ महिनापछि आजबाट सञ्चालनमा आएको हो ।

यसअघि भारतका विभिन्न स्थानमा खाद्यान्न तथा अन्य सामान ढुवानीका लागि रेलसेवा आंशिक रुपमा सञ्चालनमा थियो तर यात्रुबाहक रेल भने पूर्ण रुपमा बन्द गराइएको थियो ।

रेल सेवाका लागि सोमबार अपराह्न ४ बजेदेखि नै अनलाइन बुकिङ खुलेको थियो । तर रेलवे सेवाका काउन्टरहरूबाट भने टिकट किन्न नपाइने व्यवस्था गरिएको छ । काउन्टरमा भीडभाड हुने भएकोले अनलाइनबाटै टिकट किन्न पाइने अधिकारीहरूले जानकारी गराएका छन् ।

रेलका मजदुरहरुले रेल सेवा पुनः सञ्चालनका लागि पहिल्यै देखि सरकारलाई आग्रह गर्दै आएका थिए । सोही बमोजिम सरकारले मंगलबारदेखि सो सेवाको सुरुआत गरेको बताएको छ ।

भारत सरकारका अनुसार मंगलबार नयाँ दिल्लीबाट १५ वटा रेल देशभरका मुख्य रेलवे स्टेसनका लागि छुट्ने बताइएको छ । नयाँ दिल्लीबाट अगरताला, होरह, पटना, विलासपुर, राँची, भुवनेश्वर, सिकन्दरावाद, बैंगलुरू, चेन्नाइ, थिरूवानानुथपुरम, मदगाउँ, मुम्बई सेन्ट्रल, अहमदावाद र जम्मुतावीका लागि रेलसेवा उपलब्ध हुने छ ।

यी सबै रेलवे स्टेसनमा यात्रुहरूको स्वास्थ्य जाँच गरिने र स्वास्थ्य परीक्षणमा कोभिड १९ को कुनै लक्षण देखिएमा उनीहरूलाई रेलमा प्रवेश गर्न नदिइने तथा सबै यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने बताइएको छ ।

यसरी सञ्चालनमा आएका रेलहरुमध्ये केही दैनिक र अरु केही साप्ताहिक रुपमा सञ्चालनमा आउने व्यवस्था गरिएको छ । यहाँको रेलसेवा मन्त्रालयले कोभिढ १९ का विरामीका लागि यो सेवा बन्देज लगाएको छ ।

हरेक रेल स्टेसनको बाहिरै स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको छ भने रेलमा प्रवेश गर्ने सबैले मास्क अनिवार्य रुपमा लगाउनुपर्ने नियम बनाइएको भारतको रेलसेवा मन्त्रालयले जानकारी दिएको छ ।

उता भारतमा कोभिड १९ का संक्रमितहरुको संख्या भने बढ्दो देखिएको छ । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या मंगलबार बिहानसम्म ७० हजार नाघेको समाचारमा जनाइएको छ ।

मंगलबार बिहान जनाइएअनुसार यहाँ कोभिड १९ बाट संक्रमित व्यक्तिको संख्या ७० हजार ७५६ जना पुगेको छ । यहाँ गत २४ घण्टामामात्र थप ३ हजार ६०५ जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा रेल सेवा सुचारु भएसँगै त्यहाँ रहेका नेपालीहरु पनि सीमा क्षेत्रमा आइपुग्ने र उनीहरु लुकिछिपी नेपाल प्रवेश गर्दा नेपालमा कोरोना संक्रमण झन् फैलिन सक्ने विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  २ : ४० बजे

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता