कोरोनाको उद्गमस्थल चीनको बुहानमा ५ जना नयाँ संक्रमित फेला « Khabarhub

कोरोनाको उद्गमस्थल चीनको बुहानमा ५ जना नयाँ संक्रमित फेला


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुहान– कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको बुहान शहरमा पुन: संक्रमितहरु फेला परेका छन् । अप्रिल ३ पछि वुहानमा पहिलो पटक सोमबार ५ जना नयाँ संक्रमित फेला परेका हुन् ।

चिनियाँ अधिकारीहरुले फेला परेका पाँचैजना नयाँ संक्रमित शुरुमा फेला परेको आवासीय क्षेत्रकै रहेको बताएका छन् । कोरोनाभाइरस संक्रमितको संख्या नगण्य हुँदै गएपछि चीनले पछिल्लो समय कडा प्रतिबन्धलाई खुकुलो बनाउँदै विद्यालय र यातायातका साधन सञ्चालनमा ल्याइसकेको छ ।

वुहान शहरमा अप्रिल ८ मा प्रतिबन्ध हटाइएको थियो । नयाँ देखिएका ५ जना संक्रमितमध्ये १ जना पछिल्लो महिना संक्रमणको पुष्टि भएका ८९ वर्षीय वृद्धकी श्रीमती हुन् ।

बीबीसीका अनुसार संक्रमित पाँचै जनामा लक्षण देखिएको छैन् । उनीहरुमा खोकी वा ज्वरोको लक्षण छैन् । लक्षण नदेखिएपनि यस्ता बिरामीले संक्रमण सारेका हुन्छन् ।
चीनमा लक्षण नदेखिने संक्रमितलाई आधिकारिक तथ्याङ्कमा समावेश गर्ने नीति अन्तर्गत पर्दैन् । वुहानका स्वास्थ्य अधिकारीहरुले लक्षण नदेखिएका सयौं बिरामीलाई निगरानीमा राखेका छन् ।

यसैबीच रुस र उत्तर कोरियाको सीमासँग जोडिएको चीनको जिलिन प्रान्तको शुलान शहरमा ११ जना नयाँ संक्रमित फेला परेका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमले शनिबार समुदायबाट संक्रमित भएका ११ जना फेला परेको उल्लेख गरेको छ । चीनमा शुलान उच्च जोखिम रहेको शहर हो ।

शहरका प्रत्येक परिवारलाई घरभित्रै रहन निर्देशन दिइएको छ । आवश्यक उपभोग्य सामग्री खरिदका लागि परिवारका कुनै एक सदस्यलाई मात्रै बाहिर निस्किन निर्देशिका जारी गरिएको छ । सबै सार्वजनिक यातायात बन्द गरिएका छन् । टयाक्सीलाई शहर बाहिर जान अनुमति दिइएको छैन ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ३ : ३१ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै