कोरोना संक्रमित थपिएपछि नारायणी अस्पतालको प्रसुती वार्डलाई पनि आइसोलेट गरिँदै | Khabarhub Khabarhub

कोरोना संक्रमित थपिएपछि नारायणी अस्पतालको प्रसुती वार्डलाई पनि आइसोलेट गरिँदै


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नम्बर २ मा मंगलबार एकैदिन ४० जना संक्रमित थपिए पछि कोरोना संक्रमितको उपचारका लागि डेडिकेटेड अस्पतालको रुपमा तोकिएको वीरगन्जस्थित नारायणी अस्पतालमा आइसोलेसन वार्ड थप्नुपर्ने भएको छ ।

मंगलबार संक्रमण पुष्टि भएका ४० जनालाई वीरगञ्जको नारायणी अस्तपतालको आइसोलेसनमा भर्ना तयारी गरिँदै गर्दा आइसोलेसन वार्ड थप्न थालिएको हो ।

अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार मंगलबार संक्रमण पुष्टि भएका प्रदेश २ को पर्साका ३९ र बाराका एकजना लाइ नारायणी अस्पतालको आइसोलेसन भर्ना गर्ने तयारी भइरहेको हो ।

नारायणी अस्पतालमा यसअघि ४० वेड मात्र आइसोलसनको मापदण्ड अनुसार तयारी गरिएको भएपनि संक्रमित बढेपछि अस्पतालले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार तीन मिटरको दुरीमा वेड व्यवस्थापन गरी आइसोलेसन वेड व्यवस्थापन गरेको छ ।

नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार प्रसुती र्वाड र मेडिकल वार्डलाई आइसोलेट गरेर राख्ने तयारी भइरहेको छ ।

‘आज संक्रमण पुष्टि भएका ४० जनालाई नारायणी अस्पतालमा नै ल्याइँदै छ, संक्रमित बढ्न सक्छ भनेर सर्जरी, प्रसूती र मेडिकल वार्ड सहेको ब्लकलाई तयारी अवस्थामै राखेका थियौ, आज आउने ४० जना संक्रमितलाई प्रसूती र मेडिकल वार्डमा राखिन्छ । उनीहरुलाई तीन मिटरको दुरीमा फरक गरेर वेड राख्ने गरी मिलाउँदै छौं,’ डा सिंहले खबरहबसँग भने ।

नारायाणी अस्पतालमा यसअघिदेखि नै ३० जना संक्रमित उपचारत नै छन् । डा सिंहका अनुसार संक्रमित एकसय भन्दा बढी भएमा अस्पतालमा वेड अभाव हुने छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ३ : ५६ बजे

आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै

काठमाडौं – कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक १० गते सोमबार। कात्तिक

आज २०८२ साल कात्तिक १० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १० गते सोमबार। कात्तिक

सुरक्षा व्यवस्था बुझ्न मधेस जाँदैछन् गृहसहित ३ मन्त्री

काठमाडौँ– सोमबार नेपाल सरकारका तीनमन्त्री र एक सचिव मधेसको सुरक्षा