संसदमा प्रि–बजेटमाथि छलफल– रोजगारी वृद्धि र कृषि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरुको सुझाव « Khabarhub

संसदमा प्रि–बजेटमाथि छलफल– रोजगारी वृद्धि र कृषि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरुको सुझाव


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरुले आगामी बजेटमा कोरोना भाइरसका कारणले परेको बहुपक्षीय असरबाट मुक्त हुने, आयातलाई प्रतिस्थापन गर्ने, रोजगारी वृद्धि र कृषि क्षेत्रलाई प्राथमिकता दिने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट)का सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफलमा भाग लिँदै सांसदहरुले रोजगारी प्रवर्द्ध गर्न उत्पादनमूलक साना तथा घरेलु उद्योग क्षेत्रलाई पनि बजेटले प्राथमिकता दिनुपर्ने बताए । राष्ट्रिय गौरव, रणनीतिक महत्व र स्थानीय तहका आयोजनालाई आवश्यक बजेट विनियोजन हुनुपर्ने सांसदहरुको भनाइ थियो ।

बैठकमा सांसद गणेशप्रसाद पहाडीले सरकारले जनताका बीचमा गरेको प्रतिबद्धताको मध्यवधि समीक्षा गर्न अर्थमन्त्रीलाई सुझाव दिँदै ती प्रतिबद्धता कार्यान्वयनका लागि शीर्ष राजनीतिक तहमा छलफल गरेर अघि बढ्न सुझाव दिए । सांसद अमरेशकुमार सिंहले कोरोनाका कारण लाखौँ मजदुर विदेशबाट फर्किने सम्भावना रहेको बताउँदै उनीहरुको रोजगारी र जीवनयापनका लागि आगामी बजेटमा प्राथमिकता दिनुपर्ने बताए ।

सांसद डा नारायण खड्काले कोरानाका कारण खस्केको अर्थतन्त्रलाई माथि उकासेर चलायमान बनाउन आवश्यक कार्यक्रम ल्याउन र स्वास्थ्य तथा अर्थतन्त्रलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । राजबहादुर बुढाले कोरोना सङ्क्रमण फैलिएको परिस्थितिलाई आगामी बजेटमा सातै प्रदेशमा सुविधासम्पन्न ठूला अस्पताल स्थापना गर्ने अवसरका रुपमा लिनुपर्ने बताए ।

सांसद तेजुलाल चौधरीले स्वास्थ्य र कृषि र भौतिक पूर्वाधारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । सांसद झपट रावलले स्वदेश फर्कने नेपाली नागरिकलाई उचित सावधानीका साथ बजेटमा व्यवस्था हुनुपर्ने बताए । सांसद गगनकुमार थापाले कोरोना सङ्कटको यस विषम परिस्थितिमा सरकारले जनतामा उत्साह जगाउने बजेट ल्याउनुपर्ने धारणा व्यक्त गरे ।

सांसद रेखा शर्माले पुरानो शैली र परम्परागत ढर्राले बजेटले यो सङ्कटलाई सम्बोधन गर्न नसक्ने भन्दै समयानुकूल वस्तुस्थिति बुझेर अहिलेको सङ्कट समाधान गर्ने बजेट ल्याउनुपर्नेमा जोड दिइन् । सांसद मीनबहादुर विश्वकर्माले बजेटमा कृषि र उद्योगलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए ।

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमाथिको छलफलमा जारी छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ४ : ३३ बजे

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत

रोल्पा पहिरो अपडेट : बेपत्ता पाँच जनाको शव प्युठानमा भेटियो

रोल्पा – रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता