लकडाउनको समयमा २३१ महिला तथा बालिकामाथि हिंसा « Khabarhub

लकडाउनको समयमा २३१ महिला तथा बालिकामाथि हिंसा


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कडाउनको समयमा नेपालका २४ जिल्लामा २३१ महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसा भएका छन् । महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले लकडाउनको अवधिमा २३१ महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसा भएका अभिलेखीकरण गरेको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि यसको रोकथामका लागि गत चैत ११ गतेदेखि मुलुकभर लकडाउन लागू छ । यस अवधिमा अभिलेखीकरण भएका घटनामध्ये १३३ घरेलु हिंसा, २१ सामाजिक हिंसा, ३४ बलात्कार, सात बलात्कारको प्रयास, १० यौन दुव्र्यवहार, दुई हत्या, दुई हत्या वा आत्महत्या अनुसन्धानका क्रममा रहेको, १४ आत्महत्या, दुई आत्महत्याको प्रयास, दुई हत्याको प्रयासका घटना र चार साइबर अपराधसँग सम्बन्धित रहेका छन् ।

घटनामा संलग्न पीडकहरुमा १०५ श्रीमान्, ४५ परिवारका सदस्य, ४६ छिमेकी, १२ पे्रमी ठानिएका व्यक्ति, पाँच साथी, चार घरमालिक रहेका र २५ जना पीडकको पहिचान खुल्न बाँकी रहेको ओरेकले जनाएको छ ।

पीडितमध्ये सबैभन्दा बढी ७७ महिला १७ देखि २५ वर्ष उमेर समूहका भएको पाइएको छ । यसैगरी २६ देखि ३५ वर्ष उमेर समूहका ६२, छत्तीसदेखि ४५ वर्ष उमेर समूहका ३३, छयालीस वर्षभन्दा माथिका उमेर समूहका २० महिला विभिन्न प्रकारका हिंसाबाट प्रभावित रहेका छन् ।

१६ वर्षभन्दा कम उमेरका ३२ बालिका हिंसाबाट प्रभावित भएका छन् भने उमेर समूह थाहा नभएका सात जना हिंसाबाट प्रभावित भएका छन् ।

संस्थामा अभिलेखीकरण भएका घटनामध्ये १०२ प्रहरीमा उजुरी दर्ताका लागि गएको, ३० मेलमिलाप समितिमा गएको, ३० हिंसा सहन नसकेर आमाबुबाको घर/आफन्तकामा गएर बसिरहेका, ६९ प्रभावितले कुनै पनि निकायमा सहयोगका लागि हाल उजुरी गरी नसकेको र वातावरण सहज भएपछि सम्बन्धित निकायमा जाने बताएका छन् ।

ओरेकद्वारा सञ्चालन गरिएको तीन वटा हटलाइन, मनोविमर्शकर्ता, महिला मानवाधिकार रक्षक, साझेदार महिला सामुदायिक सङ्घसंस्थाबाट यी घटनाहरु अभिलेखीकरण गरिएको हो र यीमध्ये १७ वटा घटना सञ्चारमाध्यमबाट सङ्कलन गरिएको ओरेकले जनाएका छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ६ : १४ बजे

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका