लकडाउनको समयमा २३१ महिला तथा बालिकामाथि हिंसा « Khabarhub

लकडाउनको समयमा २३१ महिला तथा बालिकामाथि हिंसा


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कडाउनको समयमा नेपालका २४ जिल्लामा २३१ महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसा भएका छन् । महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले लकडाउनको अवधिमा २३१ महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसा भएका अभिलेखीकरण गरेको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि यसको रोकथामका लागि गत चैत ११ गतेदेखि मुलुकभर लकडाउन लागू छ । यस अवधिमा अभिलेखीकरण भएका घटनामध्ये १३३ घरेलु हिंसा, २१ सामाजिक हिंसा, ३४ बलात्कार, सात बलात्कारको प्रयास, १० यौन दुव्र्यवहार, दुई हत्या, दुई हत्या वा आत्महत्या अनुसन्धानका क्रममा रहेको, १४ आत्महत्या, दुई आत्महत्याको प्रयास, दुई हत्याको प्रयासका घटना र चार साइबर अपराधसँग सम्बन्धित रहेका छन् ।

घटनामा संलग्न पीडकहरुमा १०५ श्रीमान्, ४५ परिवारका सदस्य, ४६ छिमेकी, १२ पे्रमी ठानिएका व्यक्ति, पाँच साथी, चार घरमालिक रहेका र २५ जना पीडकको पहिचान खुल्न बाँकी रहेको ओरेकले जनाएको छ ।

पीडितमध्ये सबैभन्दा बढी ७७ महिला १७ देखि २५ वर्ष उमेर समूहका भएको पाइएको छ । यसैगरी २६ देखि ३५ वर्ष उमेर समूहका ६२, छत्तीसदेखि ४५ वर्ष उमेर समूहका ३३, छयालीस वर्षभन्दा माथिका उमेर समूहका २० महिला विभिन्न प्रकारका हिंसाबाट प्रभावित रहेका छन् ।

१६ वर्षभन्दा कम उमेरका ३२ बालिका हिंसाबाट प्रभावित भएका छन् भने उमेर समूह थाहा नभएका सात जना हिंसाबाट प्रभावित भएका छन् ।

संस्थामा अभिलेखीकरण भएका घटनामध्ये १०२ प्रहरीमा उजुरी दर्ताका लागि गएको, ३० मेलमिलाप समितिमा गएको, ३० हिंसा सहन नसकेर आमाबुबाको घर/आफन्तकामा गएर बसिरहेका, ६९ प्रभावितले कुनै पनि निकायमा सहयोगका लागि हाल उजुरी गरी नसकेको र वातावरण सहज भएपछि सम्बन्धित निकायमा जाने बताएका छन् ।

ओरेकद्वारा सञ्चालन गरिएको तीन वटा हटलाइन, मनोविमर्शकर्ता, महिला मानवाधिकार रक्षक, साझेदार महिला सामुदायिक सङ्घसंस्थाबाट यी घटनाहरु अभिलेखीकरण गरिएको हो र यीमध्ये १७ वटा घटना सञ्चारमाध्यमबाट सङ्कलन गरिएको ओरेकले जनाएका छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ६ : १४ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको