रुपन्देहीका पहिलो संक्रमित युवक कोरोनामुक्त, डिस्चार्जको तयारी « Khabarhub

रुपन्देहीका पहिलो संक्रमित युवक कोरोनामुक्त, डिस्चार्जको तयारी


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक कोरोनामुक्त भएका छन् ।  पछिल्लो २ पटकको रिपोर्ट नेगेटिभ आएसँगै उनी कोरोनामुक्त भएको अस्पतालले जनाएको हो ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नंं १ का २५ वर्षका युवक वैशाख १९ गतेदेखि बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा उपचाररत थिए ।

गत शुक्रबार र सोमबारको रिपोर्ट नेगेटिभ आएपछि उनलाई मंगलबार (आज) नै डिस्चार्ज गर्न लागिएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

उनी गएको वैशाख ५ गते भारतको मुम्बईबाट नेपाल प्रवेश गरेका थिए ।

उनलाई अस्पतालबाट डिस्चार्ज गरिएपछि पनि एकहप्ता होम आइसोलेसनमा बस्नुपर्ने अस्पतालले जनाएको छ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ७ : १८ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग