कोरोना संक्रमित बढेसँगै एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द « Khabarhub

कोरोना संक्रमित बढेसँगै एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ ।

कोरोना संक्रमितको संख्या बढेपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी जारी गरेको सबै सवारी पास रद्द गरेको हो।

मंगलबार कोरोना संक्रमितको संख्या धेरै नै बढेपछि मन्त्रालयमा बसेको बैठकले बिहीबारबाट लागू हुने गरी यस अगाडि जारी भएका सबै प्रकारका पास रद्द गर्ने निर्णय गरेको हो।

लकडाउन खुकुलो बनाउँदै उद्योग, निर्माण सेवा, बैंक तथा वित्तीय संस्थामा आबद्ध भएकाले सम्बन्धित कार्यालयको पास देखाएर हिँडडुल गर्न पाएका थिए। तर अब सो सुविधासमेत रोकिएको छ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले अब जिल्लाभित्र समेत नियामक निकायले जारी गरेको पासका आधारमा मात्र हिड्न पाइने बताए ।

‘कार्यालयको परिचय पत्रको आधारमा हिडडुल गर्न पाइन्न। यो बुझाइ गलत भयो,’ उनले भने’ सरकारी कर्मचारीको हकमा सम्बन्धित मन्त्रालयको सचिवले दिएको,बैंक तथा वित्तिय संस्थाको हकमा राष्ट्र बै‌ंक लगायत नियमन गर्ने निकायले दिएको पास मात्र बैध हुन्छ।’

सञ्चारकर्मीलाई समेत सञ्चारगृहको पासमा कडाई गर्दै सूचना विभागबाट जारी पासका आधारमा मात्र हिँडडुल गर्न दिने निर्णय भएको उनले बताए ।

मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ७ : ४१ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित