भारतीय युट्युबर ध्रुव राठी पक्राउ « Khabarhub

भारतीय युट्युबर ध्रुव राठी पक्राउ


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन् । शनिबार बिहान उनलाई प्रहरीले गुरुग्रामको सेक्टर ५६ स्थित उनकै निवासबाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनलाई पक्राउ गर्न ५० जनाको हाराहारीमा प्रहरी पुगेको थियो । सुरक्षाकर्मीको टोलीले शुक्रबार बेलुकादेखि नै उनको निवासको निगरानी गरिरहेको थियो ।

जर्मनीमा बसोबास गर्ने उनी कक्रोच जनता पार्टीको प्रदर्शनमा सहभागी हुन भारत पुगेका छन् । निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै शनिबार कक्रोच जनता पार्टीले दिल्लीस्थित जन्तर मन्तरमा प्रदर्शनको आह्वान गरेको छ ।

प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीको सुरक्षा व्यवस्था चुस्त पारिएको छ भने इन्टरनेट सेवा ठप्प पारिएको छ । दिल्लीका सडकमा हजारौँ प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ । प्रदर्शनका कारण सडक यातायात र रेल सेवा प्रभावित भएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  १० : ४६ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता