गण्डकी प्रदेशमा १८८ जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

गण्डकी प्रदेशमा १८८ जनामा कोरोना भाइरसको संक्रमण

शुक्रबार ३७ जनामा संक्रमण पुष्टि


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ ।

शुक्रबार विहान स्याङ्जा, पर्वत, तनहुँ र पूर्वी नवलपरासीका थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १८८ पुगेको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाका २२, पर्वतका १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरू सबै पुरुष रहेका निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

स्याङ्जाका संक्रमित गल्याङ नगरपालिकाका सबैभन्दा धेरै १८ जना छन् । उनीहरु १५ देखि ६६ वर्ष उमेर समूहका छन् । यसैगरी वालिङ नगरपालिकामा २ जना र अर्जुनचौपारी गाउँपालिकामा ३ वर्षीय एक जना बालकमा पनि कोरोना पुष्टि भएको छ ।

स्याङ्जाकै तर स्थानीय तह नखुलेको अर्का एक जना ४ वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पर्वतको कुश्मा नगरपालिकामा १० जनामध्ये १ जनाको उमेर खुलेको छैन । पर्वतकै पैंयु गाउँपालिका र बिहादी गाउँपालिकामा एक–एकजना संक्रमित फेला परेका छन् । पर्वतकै अर्का एक जना संक्रमितको स्थानीय तह खुलेको छैन ।

तनहुँको घिरिङ गाउँपालिका र पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका एक–एक जना युवकमा पनि कोरोना पुष्टि भएको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेशनमा लाने तयारी भएको जनाइएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ७ : ३० बजे

रसुवा बाढी : जलविद्युत आयोजनाका १३३ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना

विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न निर्देशन

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाढीबाट भएको

भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सरकारको अपिल

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

बाढीपीडितलाई प्रधानमन्त्रीले भने- यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य साथमा छ

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति