नेपालमा टाटा कम्पनीका कार अनलाइनबाटै बुकिङ गर्न सकिने, स्वास्थ्यकर्मीलाई थप ५० हजार छुट « Khabarhub

नेपालमा टाटा कम्पनीका कार अनलाइनबाटै बुकिङ गर्न सकिने, स्वास्थ्यकर्मीलाई थप ५० हजार छुट


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारिका रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै टाटा मोटर्सले नेपालमा आफ्नो कम्पनीका सवारीहरु खरिद गर्नका लागि बुकिङ वेब पोर्टलको शुरुवात गरेको छ।

टाटा मोटर्सका अन्तर्राष्ट्रिय बिजनेस हेड सुजन रोय र सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले संयुक्त रुपमा वेब पोर्टलको उद्घाटन गरेका हुन् ।

लकडाउनको कारण घरमै सीमित भएकाहरुको सहजताका लागि टाटा मोटर्सले‍  tatacars.sipradi.com.np  वेब पोर्टल सञ्चालनमा ल्याएको हो ।

टाटा मोटर्सले विज्ञप्ति जारी गर्दै  टाटा मोटर्सका पेसेन्जर कार खरिद गर्न चाहनेलाई वेब पोर्टल एउटा सजिलो माध्यम बन्ने विश्वास लिएको छ।

त्यसबाहेक इच्छुक ग्राहकले यस पोर्टलमा सिप्रदीका कर्मचारीसँग लाइभ च्याट गरेर पनि टाटा मोटर्सका सवारीको बारेमा विस्तृतमा जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।

फोनपे वा इसेवाको माध्यमबाट सवारीको बुकिङ समेत गर्न सकिने विज्ञप्तिमा जनाइएको छ ।

यो पोर्टलको मुख्य विशेषता अनलाइन बुकिङ, क्याटलगहरू सहितको सवारीका विवरण, सवारीको डेमो भिडियो, टेस्ट ड्राइभ बुकिङ, पुरानो सवारीको तत्काल मूल्यांकन, ऋण मूल्यांकन, सर्भिस बुकिङ, रेफरल योजना र ग्राहकको सुझाव रहेका छन्।

साथै, यस पोर्टलबाट गाडी बुकिङ गरेमा एक वर्ष नि:शुल्क सर्भिसिङ र कन्सुमेवल प्रदान गरिने तथा फ्रन्ट लाइनमा काम गर्ने स्वास्थकर्मीलाई अहिले चलिआएको योजनाभन्दा थप ५० हजार छुटको व्यवस्था गरिएको सिप्रदी ट्रेडिङ्ग प्रालिले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  १० : ४९ बजे

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको

जेन–जी अभियन्ताद्वारा मानव अधिकार आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरूले आज राष्ट्रिय मानव अधिकार

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको