नेपालमा टाटा कम्पनीका कार अनलाइनबाटै बुकिङ गर्न सकिने, स्वास्थ्यकर्मीलाई थप ५० हजार छुट « Khabarhub

नेपालमा टाटा कम्पनीका कार अनलाइनबाटै बुकिङ गर्न सकिने, स्वास्थ्यकर्मीलाई थप ५० हजार छुट


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारिका रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै टाटा मोटर्सले नेपालमा आफ्नो कम्पनीका सवारीहरु खरिद गर्नका लागि बुकिङ वेब पोर्टलको शुरुवात गरेको छ।

टाटा मोटर्सका अन्तर्राष्ट्रिय बिजनेस हेड सुजन रोय र सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले संयुक्त रुपमा वेब पोर्टलको उद्घाटन गरेका हुन् ।

लकडाउनको कारण घरमै सीमित भएकाहरुको सहजताका लागि टाटा मोटर्सले‍  tatacars.sipradi.com.np  वेब पोर्टल सञ्चालनमा ल्याएको हो ।

टाटा मोटर्सले विज्ञप्ति जारी गर्दै  टाटा मोटर्सका पेसेन्जर कार खरिद गर्न चाहनेलाई वेब पोर्टल एउटा सजिलो माध्यम बन्ने विश्वास लिएको छ।

त्यसबाहेक इच्छुक ग्राहकले यस पोर्टलमा सिप्रदीका कर्मचारीसँग लाइभ च्याट गरेर पनि टाटा मोटर्सका सवारीको बारेमा विस्तृतमा जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।

फोनपे वा इसेवाको माध्यमबाट सवारीको बुकिङ समेत गर्न सकिने विज्ञप्तिमा जनाइएको छ ।

यो पोर्टलको मुख्य विशेषता अनलाइन बुकिङ, क्याटलगहरू सहितको सवारीका विवरण, सवारीको डेमो भिडियो, टेस्ट ड्राइभ बुकिङ, पुरानो सवारीको तत्काल मूल्यांकन, ऋण मूल्यांकन, सर्भिस बुकिङ, रेफरल योजना र ग्राहकको सुझाव रहेका छन्।

साथै, यस पोर्टलबाट गाडी बुकिङ गरेमा एक वर्ष नि:शुल्क सर्भिसिङ र कन्सुमेवल प्रदान गरिने तथा फ्रन्ट लाइनमा काम गर्ने स्वास्थकर्मीलाई अहिले चलिआएको योजनाभन्दा थप ५० हजार छुटको व्यवस्था गरिएको सिप्रदी ट्रेडिङ्ग प्रालिले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  १० : ४९ बजे

ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरे : जनवरी २०२६ देखि पद सम्हाल्ने !

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति (एक्टिङ

एलन मस्कको ग्रोकमाथि मलेसिया-इन्डोनेसियाको प्रतिबन्ध

एजेन्सी– मलेसिया र इन्डोनेसिया एलन मस्कको एक्सएआईद्वारा विकसित आर्टिफिसियल इन्टेलिजेन्स

काठमाडौंमा दुईदिने थारू राष्ट्रिय माघी महोत्सव हुने

काठमाडौं– थारु समुदायको महान पर्वका रूपमा रहेको माघीलाई लक्षित गर्दै

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

कपिलवस्तु-  वाणगंगा नगरपालिका-१० भावपुरस्थित रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा

महेश बस्नेतको जिकिर : रवि-बालेन ‘पानीका फोका’ मात्रै, एमालेलाई कसैले रोक्न सक्दैन

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी