सरकारले महामारीको संवेदनशीलतालाई बुझेन- नेता महर « Khabarhub

सरकारले महामारीको संवेदनशीलतालाई बुझेन- नेता महर


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले महामारीको संवेदनशीलतालाई ख्याल नगरी सरकार झुटको खेतीमा लागेको बताएका छन् ।

सरकारकै विवेकहीनताले कोरोना संक्रमण नियन्त्रण बाहिर गएको दाबी गर्दै नेता महरले असफलतालाई लुकाउन सरकार झुटको सहारा लिइरहेको आरोप लगाएका छन् ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेता महरले संकटको आवरणमा सरकार लोकतन्त्र कमजोर पार्ने खेलमा लागेको उल्लेख गरेका छन् ।

सरकार आफ्ना अकर्मण्ड्यता लुकाउन राज्यशक्तिको दुरुपयोग गरिरहेको जिकिर गर्दै नेता महरले विज्ञप्तिमा गृह मन्त्रालयको पछिल्लो धारणा लोकतान्त्रिक मूल्यमान्यता विपरित भएको ठहर गरेका छन् ।

“सरकार विरोधीलाई दमन गर्ने तानाशाही शैलीमा उत्रिएको छ” महरले विज्ञप्तिमा भनेका छन्–संकटको समयमा सरकारका गतिबिधी निन्दनीय छन्, तिनको कडा शब्दमा निन्दा गर्दछु ।”

सरकारबाटै लोकतन्त्र संकटमा रहेको ठोकुवा गर्दै नेता महरले लोकतन्त्र विरोधी सरकारका गतिविधिविरुद्ध एकजुट भएर लाग्न विश्वभरका नेपालीलाई आह्वान समेत गरेका छन् ।

सत्य लुकाउन र विरोधिमाथि दमनका लागि सरकार मिडियामाथि खनिरहेको जिकिर गर्दै महरले राज्य आतंकले लोकतन्त्रलाई संकटतिर धकेलिरेहको दावी गरेका छन् ।

नागरिकको स्वास्थ्य जोगाउने मूल जिम्मेवारीलाई बिर्सेर सरकार कार्यकर्तालाई पोस्ने गरी भ्रष्टाचारमा लिप्त भएको महरको आरोप छ । परीक्षणको दायरा बढाउन, क्वारेन्टिन व्यवस्थापन, बिपन्न समुदायको जिविका, अर्थतन्त्रको पुर्नउत्थानमा सरकारी ध्यान जानुपर्नेमा महरको जोड छ ।

नेकपा आफ्नै चुनावी घोषणा पत्रलाईसमेत ख्याल नगरी नागरिकका आधारभूत आवश्यकता र अभिभाभकीय भूमिकाबाट विमुख भएको नेता महरको ठहर छ । संविधानको भावना, विभिन्न अन्तर्राष्ट्रिय मूल्य मान्यता, मानव अधिकारको अवधारणा र राज्यको समावेशी चरित्रलाई सरकारले पुरै वेवास्ता गरेको महरले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

नागरिक स्वास्थ्यमाथि भइरहेको खेलवाड अन्त्य गरी तत्काल स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउन नेता महरले माग गरेका छन् । सरकारको विबेकहीनताले संकट थपिदै गएको उल्लेख गर्दै महरले जनता र देश विरोधी क्रियाकलापकाविरुद्धको आवाजमा एकजुट हुन सबैलाई आग्रह गरेका छन् ।

अन्यायलाई सहेर नबस्ने र लोकतन्त्र विरोधी कार्यको खुलेर विरोध गर्ने दायित्वप्रति सबैले संवेदनशील हुने बेला आएको महरले ठहर छ ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  १२ : १४ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा