नेपाल आउन खोज्ने भारतीयलाई रोक्दा सर्लाहीमा तनाव, १५ राउन्ड गोली चल्यो « Khabarhub

नेपाल आउन खोज्ने भारतीयलाई रोक्दा सर्लाहीमा तनाव, १५ राउन्ड गोली चल्यो


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- नेपाल भारत सीमा क्षेत्र सर्लाहीको नारायणपुर नाकाबाट भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि तनाव उत्पन्न भएको छ ।

भारतीयले बल प्रयोग गरेरै भएपनि नेपाल प्रवेश गर्न खोजेपछि प्रहरीले गोली चलाएको छ । नेपाल प्रवेश गर्ने भारतीयलाई रोक्न १५ राउन्ड गोली चलाएको सशस्त्र प्रहरी बल सर्लाहीका एसपी गंगाराम श्रेष्ठले बताए ।

पर्सा गाउँपालिका– ३, नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्रले अवरोध खडा गरेको थियो ।

नेपाल आउन खोज्नेले ड्यूटीमा रहेका सशस्त्रका जवानको हतियार खोसेर लगेपछि तनाव सिर्जना भएको र स्थितिलाई थप भड्किन नदिन गोली चलाएको उनले बताए ।

उक्त घटनामा तीन भारतीय र सशस्त्रका पनि केही जवान घाइते भएको बताए। सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  १२ : ३८ बजे

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार

आज २०८२ साल पुस १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।