कोरोनामा राजनीति मिसियो- मन्त्री ढकाल « Khabarhub

कोरोनामा राजनीति मिसियो- मन्त्री ढकाल


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च भएको भनिएको दश अर्ब रुपैयाँमा भ्रष्टाचार भएको भन्दै देशभर बिरोध प्रदर्शन चर्किरहेका बेला स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीति प्रवेश गरेको अभिब्यक्ति दिएका छन् ।

शुक्रबार स्वास्थ्य मन्त्रालयमा कान्ति बाल अस्पतालको इ टिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले कोरोना महामारीमा राजनीति घुसाईएको प्रतिक्रिया दिएका हुन् ।

उनले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको पनि बताए । पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय देशभर सरकारविरुद्ध भइरहेका प्रदर्शनहरुलाई लक्षित गर्दै मन्त्री ढकालले कोरोनामा राजनीति मिसिने खतराहरु बढेको बताए ।

उनले भने ‘सुरुमा रोगबाट मात्रै आक्रान्त थियौँ हामी । पछिल्लो दिनमा राजनीति पनि मिसियो । खतराहरु बढ्दै गएको हुनाले अब राजनीतिक कोरोनासँग लड्नका लागि विश्वको भन्दा फरक मोडालिटीमा प्रवेश गर्न लागेका छौँ । ’’

मन्त्री ढकालले विश्वका अन्य कुनै पनि मुलुकमा राजनीतिक नेतृत्व र सरकारको आलोचना भन्दा पनि कोरनाविरुद्ध कसरी लड्न सकिन्छ भन्ने हिसाबले काम भए पनि नेपालमा त्यसो हुन नसकेको आरोप लगाए ।

पछिल्लो एक दुई दिनका घटनाम हेर्दा कोरोनामा राजनीति प्रवेश गरेको उनको भनाई छ ।

मन्त्री ढकालले कान्ति बाल अस्पतालमा इ टिकेटिङ प्रविधि सुरु भएसँगै समयको बचत हुनुका साथै आर्थिक अनियमितताको सम्भावना नुहने बताए ।

जनशक्ति व्यवस्थापनमा पनि यसले सहज गर्ने उल्लेख गर्दै उनले चिनजान र परिचयका आधारमा द्रुत सेवा प्राप्त हुन्छ भन्ने धारणा हराउँदै जाने बताए ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  १२ : ५६ बजे

‘म्याथ सिक्ने’ गीत अस्वीकृतको बाछिटा : ‘मास्टर्नी’को प्रिमियरमा दुर्गेश गयल !

काठमाडौं – फिल्म प्रचारको फन्डा बहिष्कारको कारक बनेपछि के हुन्छ

ह्यारी–मेघन बेलायत फर्कने तयारीमा

लन्डन- बेलायती राजपरिवारको आधिकारिक जिम्मेवारी त्यागेको करिब छ वर्षपछि राजकुमार ह्यारी

अमरेशको प्रश्न- अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो ?  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहले अख्तियारमाथि

विभिन्न जिल्लाबाट लागूऔषधसहित १५ जना पक्राउ

काठमाडौ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले काठमाडौँ, मोरङ, झापा, सुनसरी,

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर