विपन्न विद्यार्थीलाई प्राथमिकतामा राख्न समितिको निर्देशन « Khabarhub

विपन्न विद्यार्थीलाई प्राथमिकतामा राख्न समितिको निर्देशन


३० जेष्ठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले अतिविपन्न परिवारका विद्यार्थीलाई प्राथमिकतामा राखेर उनीहरूको सिकाइको निरन्तरता सुनिश्चित गर्न तथा फरक क्षमताका विद्यार्थीका लागि विशेष व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयललाई निर्देशन दिएको छ ।

समितिले सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइको सम्बन्धमा प्रभावकारी र निरन्तर अनुगमनको व्यवस्था मिलाउन तथा सामुदायिक विद्यालयलाई सूचना प्रविधिको प्रयोग गर्न सक्ने बनाउन प्रविधि, पूर्वाधार र जनशक्तिलाई तालिमको व्यवस्था गर्न आर्थिक स्रोतको सुनिश्चितताका निम्ति आवश्यक व्यवस्था गर्न सुझाव दिएको छ ।

सामुदायिक विद्यालयहरुमा प्रविधिको दीर्घकालीन व्यवस्था, पठनपाठन सिकाइमा सामुदायिक र निजी विद्यालयबीच एकरुपता कायम गर्न सुझाउँदै बाल विकासमा कार्यरत शिक्षक र कर्मचारीलाई सरकारले निर्धारण गरेबमोजिमको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन मन्त्रालयलाई भनेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  २ : ०३ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको