अपडेट : नारायणपुर नाकामा सशस्त्र र भारतीयबीच झडप, एकको मृत्यु « Khabarhub

अपडेट : नारायणपुर नाकामा सशस्त्र र भारतीयबीच झडप, एकको मृत्यु


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- नेपाल भारत सीमा क्षेत्र सर्लाहीको नारायणपुर नाकाबाट भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि झडप भएको छ ।

भारतीयले बल प्रयोग गरेरै भएपनि नेपाल प्रवेश गर्न खोजेपछि प्रहरीले गोली चलाएको छ । झडपमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

भारतीयहरू नारायणपुर नाका हुँदै शुक्रबार बिहानै जबरजस्ती नेपालतर्फ प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोक्न खोजेको थियो । त्यसक्रममा भारतीयहरू सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको हतियार नै खोसेर नेपालतर्फ आउन खोजेपछि झडप भएको हो ।

झडपमा सशस्त्र प्रहरीले चलाएको गोली लागि भारतको प्रिपा प्रसाइन जानकीनगरका २७ वर्षीय विकेश कुमारको मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार झडपमा सशस्त्र प्रहरीतर्फ तीन जना र भारतीय नागरिक दुई जना घाइते भएका छन् । घाइते सशस्त्र प्रहरीको जिल्ला अस्पताल मलङ्गवा र भारतीयहरूको सीमापारीकै अस्पतालमा उपचार भइरहेको छ ।

झडपमा भारतीयहरूले खोसेर लगेका हतियार फिर्ता ल्याइसकिएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताए । झडप भएको स्थानमा अहिले व्यापक सुरक्षाकर्मी तैनाथ छन् । थप विवाद हुन नदिन सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठ र प्रहरी उपरीक्षक विश्वमणि पोखरेल आफैँ नारायणपुर नाका पुगेका छन् ।

भारतीयहरू जबरजस्ती नेपालतर्फ प्रवेश गर्न खोज्दा केही दिनअघि सर्लाहीको विष्णु गाउँपालिकास्थित पकडी नाकामा पनि झडप भएको थियो ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ३ : २८ बजे

अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम

काठमाडौं- कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।