यी हुन जोर-बिजोर लागू नहुने सवारी साधन « Khabarhub

यी हुन जोर-बिजोर लागू नहुने सवारी साधन


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सवारी साधनमा लागू भएको जोर-बिजोर प्रणाली पुराना पास भएका सवारी साधानमा लागू नहुने भएको छ । जसअनुसार लकडाउनमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी यसअघि राष्ट्र बैंकबाट जारी भएको पासले नै हिँड्न पाउने छन् ।

लकडाउनको नयाँ मोडालिटीअनुसार सवारीको हकमा जोर-बिजोर प्रणाली लागू गरेको भएपनि यसअघि जारी गरिएको पास भने खरेज नगरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई जोर बिजोर प्रणाली लागू नहुने महानगरीय ट्राफिक महाशाखा प्रमुख भीम ढकालले बताए ।
उनले बैंकिङ कर्मचारीलाई पासका आधारमा चल्न दिने बताए । पास नभएकालाई भने जोर-बिजोर प्रणाली लागू हुनेछ ।

सञ्चारकर्मीलाई पनि रोक नलगाइने ढकालले बताए । राष्ट्र बैंकले यसअघि बैंक तथा वित्तीय संस्थाहरुलाई २ पटक गरेर पास वितरण गरिसकेको छ ।

पहिलो पटक प्रत्येक वाणिज्य बैंकलाई २० वटा, प्रत्येक विकास बैंकलाई १० वटा, प्रत्येक वित्त कम्पनीलाई ८ र प्रत्येक लघुवित्त संस्थालाई ६ वटाको दरले पास वितरण गरेको थियो ।

त्यसपछि सरकारले कर तिर्ने समय तोकेपछि राजश्व संकलन गर्ने कार्यालयमा बढी कर्मचारी खटाउनु पर्ने भएपछि बैंकहरुको अनुरोधमा राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई मात्र २७० वटा पास वितरण गरिसकेको छ ।

सरकारले लकडाउन खुकुलो बनाउने नयाँ मोडालिटीअनुसार उपत्यकाका ३ जिल्लाभित्र र उपत्यका बाहिरका जिल्लाभित्रमा हुने गरी निजी सवारीमा जोर-बिजोर प्रणाली लागू गरी सवारी साधन आजबाट खुला गरेको छ ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार हाल लागू गरिएको जोर-बिजोर प्रणाली दमकल, एम्बुलेन्स, फोहोर व्यवस्थापनका सवारी साधान र सबै प्रकारका ढुवानीका सवारी साधनमा लागू हुँदैन ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ४ : १२ बजे

५४ वर्षसम्म पनि स्तरोन्नति नहुँदा डुम्रे–बेँसीसहर सडकमा कष्टकर यात्रा

लमजुङ- डुम्रेदेखि बेँसीसहर जोड्ने ४२ किलोमिटर सडक मार्ग खुलेको ५४ वर्ष

मल वितरण प्रभावकारी, १९ दिनमै ४० हजार ५६९ मेट्रिकटन आपूर्ति

काठमाडौं – मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ तीव्र बनेको छ।

धान रोपाइँमा सुस्तता, असार २२ सम्म देशभर ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न

काठमाडौं– नेपालमा यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक समितिमा पठाइयो

काठमाडौं– प्रतिनिधिसभाले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ दफावार छलफलका

अमेरिकी फुटबल स्टार बालोगुनको प्रतिबन्ध स्थगित, युइएफएद्वारा फिफाको आलोचना

लुसान- अमेरिकी फुटबल स्टार फोलारिन बालोगुनलाई रातो कार्डपछि स्वतः लाग्ने एक