हालसम्म ८७७ जना कोरोना संक्रमित निको भएर घर फर्किए « Khabarhub

हालसम्म ८७७ जना कोरोना संक्रमित निको भएर घर फर्किए


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै कोरोना संक्रमण मुक्त भएर अस्पतालबाट घर फर्किनेको संख्या ८७७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेडमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ जना रहेको जानकारी दिएका हुन् ।

जसमध्ये काठमाण्डौका विभिन्न अस्पतालबाट ८ जना र बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ जना गरी १६ जना डिस्चार्ज भएका हुन् ।

डा गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८७७ पुगेको छ । जसमध्ये ७८६ पुरुष र ९१ महिला रहेका छन् ।

नेपालमा शुक्रबार थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ५ हजार ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ४ : ४२ बजे

अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम

काठमाडौं- कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।