नेपालमा एकैदिन ४४८ जनामा कोरोना संक्रमण, कहाँ कति थपिए ? | Khabarhub Khabarhub

नेपालमा एकैदिन ४४८ जनामा कोरोना संक्रमण, कहाँ कति थपिए ?


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा एकैदिन ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यो सँगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । नयाँ थपिएका संक्रमितमध्ये ४२१ जना पुरुष र २४ जना महिला रहेका छन् ।

प्रवक्ता डाक्टर गौतमका अनुसार विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका दुई जना, झापाका सात जनामा संक्रमण पुष्टि भएको छ । यस्तै काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल टिचिङमा गरिएको परीक्षणमा महोत्तरीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै चितवनको भरतपुर अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैबीच बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका १७ जना, उदयपुरका तीनजना, सिरहाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा इलामका एकजना, झापाका ६ जना, सुनसरीका एक महिला र ९ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरेको परीक्षणमा पर्वतका १३ जना, स्याङ्जाका २२ जना पुरुष, नवलपरासी पूर्वका एकजना र तनहुँका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाका दुई महिला र १३ पुरुष र बाँकेका एक जना महिलामा संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता डा गौतमका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ४ जना पुरुष, मोरङका एकजना पुरुष, धादिङका दुई महिला र २५ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरेको परीक्षणमा धनुषाका १४ जना, महोत्तरीका ६ जना र सर्लाहीका तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका एक महिला र तीन पुरुष, सर्लाहीका ४ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेको परीक्षणमा ३ महिला र ५ पुरुष सहित आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेत अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका पाँच महिला र ३३ पुरुष, सुर्खेतका दुई महिला सहित ४३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै रुपन्देहीको प्रयोगशालामा गरेको परीक्षणमा अर्घाखाँचीका दुई जना, गुल्मीका एक जना, पाल्पाका एक जना पुरुष, प्यूठानका दुईजना, रुपन्देहीका तीन महिला र १३ पुरुष, नवलपरासी पश्चिमका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका एक जना धादिङका एक जना धनुषाका एक जना नुवाकोटका एक जना रौतहटका ८६ जना काठमाडौंका एक जना महिला सर्लाहीका ९ महिला र ४१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८७७ पुगेको छ । जसमध्ये ७८६ पुरुष र ९१ महिला रहेका छन् ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ५ : १९ बजे

एन्फाका उपाध्यक्ष लामा रिहा 

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा

पर्यटनमा समृद्धि खोज्दै तमानखोला

ढोरपाटन– कतै अग्ला पहाड, कतै होचा खोंच । पश्चिम बागलुङको

अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा– पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत

सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे

भरतपुर– चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनवमी पर्वमा दुई