संविधान संशोधनको पक्षमा मतदान गर्ने जनता समाजवादी पार्टीको निर्णय | Khabarhub Khabarhub

संविधान संशोधनको पक्षमा मतदान गर्ने जनता समाजवादी पार्टीको निर्णय


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

पार्टीको दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहित शीर्ष नेताहरुको बैठकले नेपालको नयाँ नक्सा निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

‘जसपाको आज बसेको पदाधिकारी बैठकले नेपालको संविधानको अनुसूची –३ संशोधन गर्न संसदमा प्रस्तुत गरिएको ‘नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक’को पक्षमा मतदान गर्ने निर्णय गरेको छ’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने।

समाजवादी पार्टीले संविधान संशोधनको विषयमा सदस्यहरूलाई ह्वीप जारी गर्ने तयारी गरेको छ। त्यसका लागि पार्टीले शनिबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक समेत बोलाएको छ ।

पार्टीका नेता शरतसिंह भण्डारीले सरिता गिरीलाई पनि स्पष्ट रुपमा संविधान संशोधन माथि दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिन सुझाव दिएको बताए ।

समाजवादी पार्टीकी सांसद गिरीले सरकारले नयाँ नक्सा समेट्न ल्याएको संविधान संशोधन विधेयकमाथि नै संशोधन प्रस्ताव दर्ता गराएकी छिन्।

समाजवादी पार्टीले उनलाई संशोधन फिर्ता नलिए कारबाही गर्ने चेतावनी सहितको पत्र दिइसकेका छन्।

संविधान संशोधन विधेयक भोलि शनिबार संसदबाट पारित गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ५ : ३६ बजे

सुरक्षित स्थानमा जान इजरायली नागरिकलाई इरानी सैन्य अधिकारीको चेतावनी

इरान – आफ्ना धेरै नागरिकले राजधानी तेहरान छाडेका दृश्य सार्वजनिक

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेहको परीक्षण

सिरहा– सिरहाको लहान नगरपालिकाले नगरवासीको घरघरमै स्वास्थ्यकर्मी पठाएर उच्च रक्तचाप

स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका स्थानीयलाई स्वच्छ पानी

आशा र विश्वास जगाउँदै सकियो पदमार्गको खोज अन्वेषण

गण्डकी– पोखराबाट लमजुङको सिङ्दीहुँदै दुधपोखरीलगायतका स्थानलाई समेट्दै गरिएको खोज तथा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक