कोरोना रोकथाममा प्रभावकारी कदम नचालेको भन्दै विभिन्न जिल्लामा सरकार विरोधी प्रदर्शन « Khabarhub

कोरोना रोकथाममा प्रभावकारी कदम नचालेको भन्दै विभिन्न जिल्लामा सरकार विरोधी प्रदर्शन


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम नचालेको भन्दै शुक्रबार मुलुकका विभिन्न जिल्लामा सरकारविरोधी प्रदर्शन भएको छ ।

कोरोना परीक्षण्मा ढिलासुस्ती गरेको, सरकारी खर्च पारदर्शी नभएको लगायतका विषय उठाउँदै शुक्रबार पनि युवाहरूले सरकार विरोधी प्रदर्शन जारी राखेका हुन् ।

स्थानीय युवाहरुले काठमाडौं, भक्तपुर, ललितपुर  बुटवल, मकवानपुरको हेटौडा, भैरहवा, पाल्पा लगायतका जिल्लामा कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम नचालेको भन्दै प्रदर्शन गरेका हुन् ।

सरकारले कोरोना संक्रमण जाँचका लागि पीसीआर बढाउन, क्वारेन्टाइनको गुणस्तर सुधार गर्न, मेडिकल क्षमता विस्तार गर्न र खर्च पारदर्शी बनाउन माग गर्दै युवाहरु स्वस्फूर्त प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंको बसन्तपुरमा युवाहरूले प्रहरी दमनविरूद्ध शान्तिपूर्ण प्रदर्शन समेत गरेका छन् ।

धनगढीमा प्रदर्शन

यसैबीच सरकारविरुद्ध शुक्रबार स्थानीय युवाहरुले धनगढीमा पनि प्रदर्शन गरेका छन् । कोरोनाभाइरसको रोकथाममा सरकार गम्भीर नभएको भन्दै स्थानीय युवाले प्रदर्शन गरेका हुन् ।

‘सरकार कि त जाग कि त भाग’, ‘सासंदको भत्ता पाक्ने, नागरिकको भात नपाक्ने’लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

‘आरडीटी’ बन्द गरेर कोरोना परीक्षण ‘पीसीआर’ विधिबाटमात्र गर्नुपर्ने, ‘क्वारेन्टिन’ व्यवस्थित बनाउनुपर्ने, कोरोना रोकथामका लागि सरकारले गरेको खर्च सार्वजनिक गर्नुपर्नेलगायतको माग राख्दै स्थानीयहरुले प्रदर्शन गरेका हुन् ।

बसन्तपुरमा प्रदर्शन

कोरोना नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्ब रुपैयाँको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै युवाहरुले शुक्रबार वसन्तपुरमा प्रदर्शन गरेका छन् ।

शत प्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, कोरोना महामारी नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् ।

बिहान १० बजेबाट एक घण्टासम्म प्रदर्शन गरिएको थियो । सरकारले जनताको आवाज नसुनेको, प्रहरीले शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको, पीसीआर लागू नगरेको, क्वरेण्टीन मापदण्ड नअपनाएको भन्दै युवाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

शुक्रबार नै ललितपुरको झम्सीखेलमा पनि प्रदर्शन भएको छ । शनिबार माइतीघरमा प्रदर्शन गर्ने र मङ्गलबार झम्सीखेलमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ६ : ५५ बजे

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध भएको छ

टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ

काठमाडौँ– टोखा नगरपालिकाले नगरभित्रका घर तथा भवनलाई व्यवस्थित र सुरक्षित

आत्मदाह गरेका मण्डलका सन्तानको पठनपाठनमा सहयोग गर्ने कांग्रेस सभापति थापाको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाह प्रयासपछि उपचारका

मधेस प्रदेशसभा बैठक : बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने

जनकपुरधाम– मधेस प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १

आत्मदाहले छोडेको प्रश्न- समाजले किन धेरै असुरक्षा उत्पादन गर्छ ?

गणेश नेपालीको मृत्युबारे अहिले विभिन्न कोणबाट बहस भइरहेको छ ।