इरानमा कोरोना भाइरसको दोस्रो लहर « Khabarhub

इरानमा कोरोना भाइरसको दोस्रो लहर


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रान- इरानमा कोरोना भाइरसको दोस्रो लहर शुरु भएको छ।

इरानी हेल्थ एक्सपर्ट र कोभिड १९ टास्क फोर्सका सदस्य एसहान मुस्तफावीले इरानमा कोरोना भाइरसको दोस्रो लहर शुरु भएको बताएका हुन् ।

उनका अनुसार भाइरसबाट संक्रमित भएकाहरुको संख्या इरानमा करिव डेढ करोड छ। उनले कोरोनाको दोश्रो लहर आएको इरान पहिलो देश हुनसक्ने बताएका छन् ।

मुस्तफाबीले एक सर्वेक्षणमा कति मानिसमा एन्टीबडी डेभलप भएको भन्ने समेत पत्ता लागेको बताए । सर्वेक्षणमा १८.७५ प्रतिशत मानिसमा मात्र एन्टीबडी पाइएको बताए ।

इरानमा हालसम्म कोरोना भाइरसको महामारीका कारण ८ हजार ६५९ जनाको मृत्यु भइसकेको छ भने १ लाख ८२ हजार ५२५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्र ७५ जनाको मृत्यु भईसकेको छ भने २ हजार ३६९ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यहाँ १ लाख ४४ हजार ६४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार इरानमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या धेरै हुन स्क्ने बताइएको छ ।

वैज्ञानिकहरुले दाबी गरेका छन् कि, संसारका अन्य देशहरुमा पनि आँकडामा भन्दा धेरै संक्रमित हुन सक्छन्  । किनभने एसिम्प्टोम्याटिक केस अर्थात् बिना लक्षणका संक्रमितहरुलाई गनिएका छैनन् ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ७ : २४ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक