कोरोना नियन्त्रणमा भएको खर्चको फाँटवारी छिट्टै सार्वजनिक हुन्छ : उपप्रधानमन्त्री पोखरेल « Khabarhub

कोरोना नियन्त्रणमा भएको खर्चको फाँटवारी छिट्टै सार्वजनिक हुन्छ : उपप्रधानमन्त्री पोखरेल


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधानमन्त्री एवं कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका लागि भएको खर्च विवरण छिट्टै सार्वजनिक गरिने बताएका छन् ।

शुक्रबार प्रेस वक्तव्य जारी गर्दै मन्त्री पोखरेलले सरकारबाट समग्र खर्चको फाँटवारी छिट्टै सार्वजनिक हुने जानकारी दिएका हुन् ।

सरकारका तर्फबाट विभिन्न शीर्षकमा निकासा भएको, प्रदेश सरकार र स्थानीय तहले पनि आफ्ना कोषबाट कोरोनाविरुद्ध खर्च गरेको समग्र फाँटवारी छिट्टै सार्वजनिक हुने वक्तव्यमा जनाइएको छ ।

उनले कोरोना संक्रमणको उच्च जोखिम रहेकोप्रति गम्भीर र संवेदनशील हुन आग्रह गरेका छन् ।

पोखरेलले विभिन्‍न मागसहित भइरहेको सडक आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संवेदनशील हुन आग्रह गरेका छन् ।

उनले कोरोना संक्रमण पछिल्लो समयमा बढ्दै गइरहेकोले विभिन्न क्षेत्रबाट प्राप्त सुझावका आधारमा यसविरुद्धको योजना थप प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै पीसीआर परीक्षणको दायरा बढाउँदै लगिएको पनि उल्लेख गरेका छन् ।

एक महिनायता विदेशबाट भित्रिने नेपालीको संख्या ह्वात्तै बढेकाले क्वारेन्टाइनको व्यवस्थापनमा समस्या भएको उनले बताएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ७ : ३५ बजे

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०

इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल नियन्त्रणमा लिन सक्ने

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी– मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण गर्ने

लाओसविरुद्धको खेलका लागि टोली घोषणा : अञ्जन विष्ट अटाएनन्

काठमाडौँ – मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले सर्वाधिक १३ गोलको कीर्तिमान

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ