कोरोना नियन्त्रणमा भएको खर्चको फाँटवारी छिट्टै सार्वजनिक हुन्छ : उपप्रधानमन्त्री पोखरेल « Khabarhub

कोरोना नियन्त्रणमा भएको खर्चको फाँटवारी छिट्टै सार्वजनिक हुन्छ : उपप्रधानमन्त्री पोखरेल


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधानमन्त्री एवं कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका लागि भएको खर्च विवरण छिट्टै सार्वजनिक गरिने बताएका छन् ।

शुक्रबार प्रेस वक्तव्य जारी गर्दै मन्त्री पोखरेलले सरकारबाट समग्र खर्चको फाँटवारी छिट्टै सार्वजनिक हुने जानकारी दिएका हुन् ।

सरकारका तर्फबाट विभिन्न शीर्षकमा निकासा भएको, प्रदेश सरकार र स्थानीय तहले पनि आफ्ना कोषबाट कोरोनाविरुद्ध खर्च गरेको समग्र फाँटवारी छिट्टै सार्वजनिक हुने वक्तव्यमा जनाइएको छ ।

उनले कोरोना संक्रमणको उच्च जोखिम रहेकोप्रति गम्भीर र संवेदनशील हुन आग्रह गरेका छन् ।

पोखरेलले विभिन्‍न मागसहित भइरहेको सडक आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संवेदनशील हुन आग्रह गरेका छन् ।

उनले कोरोना संक्रमण पछिल्लो समयमा बढ्दै गइरहेकोले विभिन्न क्षेत्रबाट प्राप्त सुझावका आधारमा यसविरुद्धको योजना थप प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै पीसीआर परीक्षणको दायरा बढाउँदै लगिएको पनि उल्लेख गरेका छन् ।

एक महिनायता विदेशबाट भित्रिने नेपालीको संख्या ह्वात्तै बढेकाले क्वारेन्टाइनको व्यवस्थापनमा समस्या भएको उनले बताएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ७ : ३५ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका