शिवसेना नेपालद्वारा बारामा राँके जुलुस प्रदर्शन « Khabarhub

शिवसेना नेपालद्वारा बारामा राँके जुलुस प्रदर्शन


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिवसेना नेपालले शुक्रबार साँझ बारामा राँके जुलुस प्रदर्शन गरेको छ ।

जिल्ला केन्द्रीय सदस्य हरिनारायण प्रसाद साह र जिल्ला उपाध्यक्ष पसुराम शराफको नेतृत्वमा निस्किएका शिव सेना नेपालका कार्यकर्ताहरुले मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

उनीहरुले  गणतन्त्र विरोधी नारा लगाउँदै राजसंस्था पुनःस्थापनाको माग गरेका थिए । लकडाउनको समयमा प्रहरी हस्तक्षेपको प्रवाह नगरी उनीहरु राँके जुलुस निकालेका हुन् । उनीहरुले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरामा भएको अतिक्रमणको विरोध गरेका थिए ।

राँके जुलुस प्रदर्शनमा बुद्धिजीवी, उद्योगी-व्यवसायी लगायत स्थानीय युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  १० : ४४ बजे

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि