त्रियुगाखोलाको बाढीले पोल ढाल्दा खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा विद्युत् अवरुद्ध « Khabarhub

त्रियुगाखोलाको बाढीले पोल ढाल्दा खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा विद्युत् अवरुद्ध


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – लगातारको वर्षापछि आएको बाढीले पोल ढाल्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइन विद्युत्को दुई पोल ढालेपछि शनिबार दिउँसोदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको हो ।

विद्युत् आपूर्ति अवरुद्ध हुँदा खोटाङसहित तीन जिल्लाका हजारौँ उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । तीनवटै जिल्लामा अहिले विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार–व्यवसायलगायत प्रभावित भएको छ ।

त्रियुगाखोलामा आएको बाढीको बहाव अझै बढ्दै गएकाले अर्को पोल राख्न तथा मर्मत गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरण खोटाङका प्रमुख रामदिनेश राय यादवले बताए ।

‘बहाव नघटेसम्म अर्को पोल राख्न सकिने अवस्था छैन’, उनले भने, ‘बाढीले ढालेको विद्युत् पोल उठाउन उदयपुरबाट दक्ष प्राविधिक खटाइएको छ । खोलामा आएको बाढीको बहाव घट्ने सम्भावना देखिएको छैन । अवरुद्ध विद्युत् सञ्चालनमा ल्याउन समय लाग्ने देखिन्छ ।’

तीन दिनदेखि लगातार वर्षा भइरहे पनि खोटाङतर्फको भागमा कुनै पनि क्षति नभएको विद्युत् प्राधिकरणले जनाएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा खोटाङको बुइपास्थित पञ्चदोबाटोमा रहेको सवस्टेशनमार्फत विद्युत् विस्तार गरिएको छ ।

तीन जिल्लाका लागि बुइपाको सवस्टेशनमार्फत विस्तार गरिएको विद्युत् लाइन लामो दूरीमा रहेकाले पनि पटक–पटक अवरुद्ध हुने गरेको जनाइएको छ ।

विद्युत् लाइन विस्तार गरिएको बाटोमा त्रियुगाखोलासँगै ठाउँ–ठाउँमा घनाजङ्गल रहेको छ । जङ्गलको बीचमा पोल गाडेर विद्युत् लाइन विस्तार गरिएकाले हावा चल्दा तथा ठूलो पानी पर्दासमेत विद्युत् अवरुद्ध हुने गरेको छ ।

पटक–पटक अवरुद्ध हुँदै आएको विद्युत्को दीर्घकालीन समस्या समाधान गर्न कसैको ध्यान नगएकोमा उपभोक्ता आक्रोशित छन् ।

यसअघि विस्तार गरिएको ११ केभी प्रसारण लाइनको पोल तथा तारमा ३३ केभी प्रसारणलाइनको क्षमता थपिएकाले पनि समस्या भएको जिल्लावासीको आरोप छ ।

विसं २०५७ जेठ २ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेको विद्युत् पोल अहिलेसम्म पनि स्तरोन्नति गरिएको छैन ।

पटक–पटक अवरुद्ध भइरहने विद्युत् मर्मत गर्ने क्रममा दुई कर्मचारीको मृत्यु भइसकेको छ भने एक अङ्गभङ्ग भएका छन् । अङ्गभङ्ग हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी ढुङ्गानाको दुई हात र एउटा खुट्टा गुमेको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ७ : २६ बजे

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन