रोनाल्डोको दुई पेनाल्टी गोलमा हारबाट जोगियो युभेन्ट्स « Khabarhub

रोनाल्डोको दुई पेनाल्टी गोलमा हारबाट जोगियो युभेन्ट्स


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिष्टीयानो रोनाल्डोले दुई पेनाल्टी गोल गर्दा इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको युभेन्ट्स हारबाट जोगिएको छ । आइतबार बिहान भएको खेलमा युभेन्ट्सले एट्लान्टालाई २–२ गोल बराबरीमा रोक्दै अंक बाडेको हो ।

युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा एट्लान्टाका डुभान जपाटाले १६ औं मिनेटमा गोल गदै टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा युभेन्ट्स १–० गोलले पछि रहेपनि दोस्रो हाफको ५ औं अर्थात खेलको ५० औं मिनेटमा एट्लान्टाका खेलाडीले युभेन्टुसका खेलाडीमाथि फाउल गरेपछि घरेलु टोलीले पेनाल्टी अवसर पाएको थियो ।

उक्त पेनाल्टी प्रहारलाई रोनाल्डोले गोलमा परिणत गरेपछि खेल १–१ बराबरी भएको थियो ।

१–१ गोल बराबरी रहेको खेलको ८० औं मिनेटमा रुस्लान मिलानोस्कीले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाएका थिए ।

खेलमा २–१ गोलले पछि परेको युभेन्ट्सले अन्तिम मिनेटमा पेनाल्टी अवसर पाएको थियो । उक्त पेनाल्टीलाई पनि रोनाल्डोले गोलमा परिणत गर्दा २–२ बराबरीमा खेल टुङ्ग्याएको हो ।

योसँगै रोनाल्डोले यो सिजनमा सबै प्रतियोगिता गरि गोल संख्या ३२ पुर्याएका छन् । सिरी ए मा भने रोनाल्डोले खेलेका २८ खेलमा २८ गोल गरेका छन् ।

लिगको शीर्ष स्थानमा रहेको युभेन्ट्सले ३२ खेलबाट ७६ अंक बनाएको छ भने दोस्रो स्थानको लाजियोले ३२ खेलबाट ६८ अंक रहेको छ । अंक बराबरी गरेको एट्लान्टा ३२ खेलबाट ६७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ७ : ४१ बजे

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौं–  प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम

फ्यानसेपको पोषण सुरक्षा कार्यक्रम : उत्पादनसँगै पोषण चेतना वृद्धि, दुई पालिकामा २२० समूह लाभान्वित

दोलखा– वैतेश्वर गाउँपालिका–५ मैनापोखरीस्थित कार्की गाउँका महिलाहरू अहिले घर आँगनमै

गणेश पराजुलीले भने- सरकारले कामै गरेन भन्नेको भ्रम चिर्दै अघि बढ्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारेमा

इङ्ग्ल्यान्ड-अर्जेन्टिना सेमिफाइनल प्रतिस्पर्धा ‘उच्च जोखिम’को, खेल नहुँदै फकल्याण्ड द्वीपसम्बन्धी झण्डा प्रदर्शन

काठमाडौं– फिफा विश्वकपअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल खेललाई प्रतियोगिताकै

उपत्यकाका अस्तव्यस्त तार साउन दोस्रो साताभित्र व्यवस्थापन गरिसक्न निर्देशन

काठमाडौं– काठमाडौं उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा