रोनाल्डोको दुई पेनाल्टी गोलमा हारबाट जोगियो युभेन्ट्स | Khabarhub Khabarhub

रोनाल्डोको दुई पेनाल्टी गोलमा हारबाट जोगियो युभेन्ट्स


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिष्टीयानो रोनाल्डोले दुई पेनाल्टी गोल गर्दा इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको युभेन्ट्स हारबाट जोगिएको छ । आइतबार बिहान भएको खेलमा युभेन्ट्सले एट्लान्टालाई २–२ गोल बराबरीमा रोक्दै अंक बाडेको हो ।

युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा एट्लान्टाका डुभान जपाटाले १६ औं मिनेटमा गोल गदै टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा युभेन्ट्स १–० गोलले पछि रहेपनि दोस्रो हाफको ५ औं अर्थात खेलको ५० औं मिनेटमा एट्लान्टाका खेलाडीले युभेन्टुसका खेलाडीमाथि फाउल गरेपछि घरेलु टोलीले पेनाल्टी अवसर पाएको थियो ।

उक्त पेनाल्टी प्रहारलाई रोनाल्डोले गोलमा परिणत गरेपछि खेल १–१ बराबरी भएको थियो ।

१–१ गोल बराबरी रहेको खेलको ८० औं मिनेटमा रुस्लान मिलानोस्कीले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाएका थिए ।

खेलमा २–१ गोलले पछि परेको युभेन्ट्सले अन्तिम मिनेटमा पेनाल्टी अवसर पाएको थियो । उक्त पेनाल्टीलाई पनि रोनाल्डोले गोलमा परिणत गर्दा २–२ बराबरीमा खेल टुङ्ग्याएको हो ।

योसँगै रोनाल्डोले यो सिजनमा सबै प्रतियोगिता गरि गोल संख्या ३२ पुर्याएका छन् । सिरी ए मा भने रोनाल्डोले खेलेका २८ खेलमा २८ गोल गरेका छन् ।

लिगको शीर्ष स्थानमा रहेको युभेन्ट्सले ३२ खेलबाट ७६ अंक बनाएको छ भने दोस्रो स्थानको लाजियोले ३२ खेलबाट ६८ अंक रहेको छ । अंक बराबरी गरेको एट्लान्टा ३२ खेलबाट ६७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ७ : ४१ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर